Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रचण्डको प्रतिवेदनमाथि ‘केही फरक र केही नवीन धारणाहरु’ शीर्षकमा फरक मत प्रस्तुत गर्दै कार्कीले अन्तरराष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति र पार्टीका आगामी कार्यभारहरुबारे चर्चा गरेका छन् । कार्कीले आफ्नो फरक मतको प्रस्तावमा भनेका छन्–
‘हामी हाम्रो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने सीमाभित्र बन्दकी बनाउने छैनौं । मार्क्सवादको आधारभूत सिद्धान्तमा आधारित नरहेको जनताको बहुदलीय जनवाद भन्ने फेबियनिष्ट कार्यक्रमले एमालेको पतन गराएको इतिहासबाट मनग्गे शिक्षा लिनु पर्छ । हाम्रो वैचारिक प्रभावमा रहेका मजदुर, किसान, महिला, व्यापारी, बुद्धिजीवी र उत्पीडित कित्ताका बिभिन्न तहमा रहेका जनताको आफ्ना साझा स्वार्थहरुका निम्ति लड्न सक्ने जैविक सामर्थ्यलाई भुत्ते बनाउने काम हाम्रो पार्टीले गर्ने छैन ।’
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल