Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले गर्दैछ दुई दलसँग एकता

काठमाडौं । जेनजी विद्रोहपछि पुराना राजनीतिक दलहरु संकटमा रहेका बेला नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन्। यही असोज महिनाभित्र एकता गर्ने उनीहरूको प्रयास छ। ढिलोमा कात्तिकको दोस्रो हप्ताभित्र एकता भइसक्ने नेताहरू बताउँछन्।
माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र कम्तीमा दुईदलबीच एकता गर्नेबारे निचोडमा पुगिने बताए। सोमबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक सचिवालय बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले एकताको लागि माधवकुमार नेपालसहितका नेता र महीन्द्रराय यादव तयार भइसकेको दाबी गरे। एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता बेदुराम भुसालले एकताबारे घनीभूत छलफल भइरहेको स्वीकार गरे। यद्यपि, उनले एकताको डेडलाइन खुलाउन चाहेनन्। विभिन्न मोडलमा छलफल भइरहेको उनी बताउँछन् एकता गर्न हतार नगर्ने र प्रभावकारितामा जोड दिइने भुसाल दाबी गर्छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष महीन्द्र राय यादवले एकताको सबै तयारी लगभग पूरा भएको दाबी गरे। तर, सोमबारको बैठकमा प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग अहिले एकता प्रक्रियाको सुरुवात नै नभएको बताएका छन्।
जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा बदलाव आएको छ। मुख्य राजनीतिक दलका शीर्ष नेताले पार्टी नेतृत्व छोड्नुपर्ने दबाब अत्यधिक छ। सोहीकारण माओवादीले मंसिर अन्तिम साता महाधिवेशन गर्ने मिति तोकेर केन्द्रीय समितिलाई महाधिवेशन आयोजकमा रुपान्तरण गरिसकेको छ। एकीकृत समाजवादी र नेसपा लगायतदलसँग पार्टी एकता भयो भने महाधिवेशन हुन्छ त ? माओवादी महाधिवेशन आयोजक समितिका एक सदस्यले त्यसबेला महाधिवेशन नै आवश्यक नपर्ने बताए। महाधिवेशन आयोजक समिति सदस्य शक्ति बस्नेतले एकतापछि एकताकै महाधिवेशन हुने बताए।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल