Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले बुझ्न नसकेको यो सत्य

  • जानकीरमण आत्रेय

नेकपामा आज तीब्र द्वन्द्व देखिएको छ । दुई पार्टी एकीकरण हुँदा देखी नै यो द्वन्द्व प्रष्ट थियो दुई पार्टी बीच एकता गरिदा, सैद्धान्तिक, बैचारिक र संगठानात्मक प्रकृया अपनाइएन, मात्र दुई पार्टीका अध्यक्ष र केही उनीहरू निकट नेताको मात्र राय सल्लाह दिइयो । मूल कुरा एकता स्वार्थमा निर्भर रहयो । पालो पालो प्रधानमन्त्री हुने भन्ने शर्तमा क. पुष्पकमल दाहाल र उनको समुह लोभियो र जनमत जतिसुकै वाक्लै देखिए पनि, विचारका दृष्टिले एमाले स्खलित भएको छ भन्ने तथ्यलाई नेकपामा ओवादीका नेताहरूले बुझ्न सकेनन्, बुझ्ने र प्रयास पनि गरेनन ।
‘जवज’ “बहुदली जनवाद” एउटा मृतक लाश दुई तर्फबाट तानेर, त्यसलाई सैद्धान्तिक जामा पहिराएर जनता ढाट्ने र आफूहरू अरबौको सम्पत्ति लुटने, राज्य कोषको पैसा खाने देश र जनतालाई बन्धक बनाउने षणयन्त्रमा एमाले नेता लागेका छन् भन्ने तथ्यलाई नेकपा माओवादीका नेताले बुझेनन । नेकपा भित्रको हालको द्वन्द्व खासमा सैद्धान्तिक र बैचारिक नै हो । मानिसलाई सही दिशा दिने विचार भएन भने उसमा बिचलन आउदछ । त्यही बिचलन र स्वार्थ नेताहरूमा देखिएको छ ।
नेकपा माक्र्सवादी सँग एकिकरण पछि जस्तो सुकै व्याख्यामा केन्द्रित भए पनि खासमा तथ्यगत रुपमा भन्ने हो भने, झापा आन्दोलन र संघर्ष नभएर एक प्रकार हत्याकाण्ड थियो । निदाएका मानसिलाई र हातमा खुकुरी लिएर गएर छप्काउनु, संघर्ष कदापि होइन । धनुषा जिल्लाको भिँझाहा नामको गाउँमा मानिस जो डकैतीमा बदनाम छन, त्यही तरिकाले झापामा व्यक्ति हत्या गरिएको हो । सत्ता विरुद्ध पर्चा छर्ने जुलुश निकाल्ने र आफ्ना माग सरकार समक्ष राख्ने काम गरिएन । सिधै मान्छे मारियो ।
त्यो कसरी संघर्ष या आन्दोलन भयो त ?
विभिन्न समूहमा छरिएर रहेका कम्यूनिष्टहरूको एकिकरण पछि आज झापाको घटनाको सही मुल्यांकन गरिनु पर्दछ । यसका कमि कमजोरी के थिए र उपलब्धी के हुन तथ्य जनता जान्न चाहन्छन् । अमुर्त कुरामा अलमलिनु उचित होइन ।
खडग प्रसाद ओली हालका देशका प्रधानमन्त्री झापामा मारिएका धर्म प्रसाद ढकाल र ज्ञानी ढकालका हत्याराका रोहवर साक्षी वसेका व्यक्ति हुन । ज्यान मुद्धा लाग्ने डरले उनी मोहनचन्द्र अधिकारीसँग भागेर भारतका विभिन्न शहर धुम्न र काम खोज्न गए । काम खोजे भने जस्तो काम पाएनन, फर्केर पश्चिम नेपालको बारा जिल्लाको कुनै गाउँमा मोहनचन्द्र अधिकारीसँगै आए । एउटा इलाकामा राजनीति प्रचार गर्ने उद्देश्य राखेर बसे । प्रशाासनले थाहा पायो । त्यस बेलाको पत्रिका राष्ट्र पुकारले मोहनचन्द्र अधिकारीलाई खोजेका तथ्यलाई व्यापक रुपमा प्रचार गर्दै थियो । फोटो समेत छापिएको थियो । संयोग वस एउटा गाउँबाट अर्को गाउँ जाने क्रममा मोहनचन्द्र अधिकारी समातिय, उनैका साथी खडग ओली पनि गिरफतारीमा परे । ज्यान मुद्दामा १४ बर्ष जेलमा विताए । त्यही समय उनले उच्च शिक्षा लिनुको साटो चुट्किला, टुक्का, उखान सिके, जो आज प्रयोग गर्दैछन् ।
०३६ सालको जनमत संग्रहको समयमा नेकपामाले कोे अर्डिनेशन कमिटी मार्फत पार्टीको रुपमा स्थापित भएको थियो । झापाको हत्या काण्डलाई सर्मथन गर्ने व्यक्तिहरूलाई समेटेर चन्द्रप्रकाश मैनालीको अगुवाईमा अखिल नेपाल क्रान्तिकारीको अडिनेशन कमिटी मार्फत उनीहरू देशका स्थापित नेता र नेकपा र नेपाली कांग्रेसलाई तथानाम गाली गर्न थालेका थिए । गल्ती गरे पनि ठूलो जनशक्ति यसैमा खर्च गरे, झापालीले आफूलाई क्रान्तिकारी देखाउन ।
मित्र राष्ट्र पाकिस्तानका पूर्व प्रधानमन्त्री जुल्फीकर अलि भुटटोलाई त्यहाको शैनिक शासकले दिएको फाँसीका विरुद्ध उठेको विद्यार्थी आन्दोलनले गति लियो । राजा बीरेन्द्र र पञ्चहरू डराए, भयभित भए । अन्तराष्ट्रिय दवाव प¥यो । आन्दोलनले गति लिएको महशुश गरेर राजा
बिरेन्द्रले जनमत संग्रहको घोषणा गरे ।
सुधारिएको पञ्चायत रोज्दछौ कि बहुदलिया व्यवस्था ?
देशमा प्रजातन्त्र प्रति आस्था राख्ने प्रतिबन्धित दलका नेतालार नेपाली कांग्रेस, नेपाल कम्यूनिष्ट पार्टीका विभिन्न समुहले चिनिएका र स्वतन्त्र वसेर राजनैतिक चिन्तन मनन गर्ने व्यक्तिहरू रायमाझी, विष्णु बहादुर मानन्धर र कृष्णराज बंर्मा जस्ता व्यक्तिले पनि प्रजातन्त्तको आदर्श लाई समातेर समर्थन पनि गरे ।
विश्वेश्वर कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, साहना प्रधानको त कुनै थिएन । उनिहरू तीन हात उफ्रेर जनता सामू वहुदलिय प्रणालीको प्रचारमा उत्रिए दृढता पूर्वक लागे ।
तर आफूलाई क्रान्तिकारी हुँ भन्ने पार्टी नेकपामाले ले जनमत संग्रह जस्तो प्रजातान्त्रिक अभ्यासलाई वहिस्कार ग¥यो । प्रयोग गर्नु पर्दछ भन्ने विचार पनि उठो, तर त्यो झिनो रुपमा देखियो । जनमत संग्रह वहिस्कार गर्र्दै गर्दा नेकपा मालेले गणेशमान सिंह जस्ता लौह पुरुषलाई बहुदलको आमसभा गर्न जादा हेटौडामा अपमान गर्न पुगे । त्यस्तै वारिष्ठ अनुभुती नेकपाका प्रथम महाधिवेशनका निर्वाचित महासचिव मनमोहन अधिकारीलाई पाल्पामा अपमान गरे । दरवारका दाया वायाका मानिसले यस तथ्यको सुक्ष्म अध्ययन गरे । निचोडमा पुगे कि नेकपा मालेले यदि जनमत संग्रह वहिस्कार गर्न सक्यो, गराउन सकियो भने निश्चित रुपमा निर्दल पक्षले विजय हासिल गर्न सक्छ भन्ने अध्ययन गरियो ।
दरबारका विशेष ब्याक्तिले नेकपा मालेका केही व्यक्तिलाई गोप्य तरिकाले भेटेर भने वहिस्कार प्रभावकारी होस, पार्टी चलाउन हामी सहयोग गर्दछौ । तिमीहरूका राजवन्दी रिहाई गरी दिउँला, भनेर फकाए । तर कानूनी रुपमा ज्यान मुद्दा भनेर आरोपित गरेर थुनिएका व्यक्तिलाई त्यसरी छाडन नमिल्ने सल्लाह राजदरवार र अन्य कानूनविदहरूको भएकोले थोरै व्यक्ति छाडिए, जसलाई राजकाज मुद्धा लगाइएको थियो । तर ज्यान मुद्दा लगाईएका व्यक्तिहरू छाडिएनन । यी व्यक्तिहरू पुरा अदालतले तोकेको समय पुरा गरेर चौखण्डीमा भएको छुुट पूरा गरेर मात्र छुटे । जनमत संग्रहमा ५५÷४५ भयो । सरकारले अनेकौ जालझेल जुक्ति अपनाउदा पनि जनताको मत बहुदललाई नै प्राप्त भयो ।
जनमत संग्रहले प्रष्ट पा¥यो कि नेपाली जनता प्रजातन्त्र चाहन्छन् । ४५÷ जनताको जनमत बुझेर पनि नेकपामाले ले दरवारको मोह त्यागन आट गर्न सकेन । प्रजातन्त्रवादी नेपाली कांग्रेस र अरु कम्यूनिष्ट शक्ति सँग मिलेर पुन संयुक्त जनआन्दोलन थाल्नुको उल्टै ०४२ सालको नेपाली कांग्रेसको सत्याग्रहलाई आन्दोलनको विरुद्ध उत्रियो । आफ्नो पंक्ति भित्र राजनैतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रताको विचार अधि सारो । यो कार्य वैचारिक रुपले दिवालियापन प्रजातन्त्रको विरुद्ध थियो । राजनैतिक स्वतन्त्रता भन्ने वित्तिकै सिधै राजदरवारलाई सहयोग हुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनलाई पछि पार्दथियो । पार्टी स्वतन्त्रता भन्ने वितिकै नेपाली कांग्रेसको निकट हुन्थ्यो र प्रजातन्त्रलाई सहयोग पुग्न सक्तथियो । तर नेकपा माले प्रजातन्त्रको पक्ष धर रहेन, धेरै समय सम्म, जसको कारण प्रजातन्त्रको लागि पर्खनु प¥यो । प्रचण्ड अग्रगमनमा छन् द्वन्द्वको मूल आसय यही हो ।
क्रमश….