Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले रोक्यो प्रमको योजना

काठमाडौं । पार्टीको अस्तित्व रक्षाका लागि पनि माओवादी पार्टीको पुच्छर नबन्ने घोषणा गरेका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र सरकार विपक्षी दलको संसद अवरोध खुलाउने निर्णयबाट ढुक्क छन् । पार्टीको संगठन विस्तार गर्नु नपर्ने एमालेबाट चोइटीएको जमात बचाउन नसक्ने तर पार्टी नीति समाजवादी भनाउनेहरूका अध्यक्ष माधव नेपाल नै पतञ्जली जग्गा काण्डमा फसेपछि छटपटाएका छन् । त्यो काण्ड चर्चित हो ।
माओवादीले जनतालाई त्यतै दौडिएको त्यो जमात पनि केपी ओलीलाई सत्ताबाट हटाउन काँग्रेसलाई खुशी बनाउन उद्दत छ । केन्द्रमा विद्यार्थी, मजदूर, किसान, बुद्धिजीवी जति पनि छन् । जिल्लामा पार्टी पनि छैन, भातृ संगठन पनि छैन । एकीकृत एक्लै चुनाव लड्ने भन्दैछ । एमाले र माओवादी काँग्रेसको बीचमा देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी हुँदा जसको जनाधार छैन, त्यसले आफू एक्लै उठेर कहाँ जित्छ ?
प्रधानमन्त्री समेत रहेका केपी ओलीले एकीकृतले रातो कार्पेट ओछ्याएर वामदेव भिœयाउने तयारी गर्दा गर्दै आगो लगाए । तपाईं एमालेकै नेता हो । एमालेमै आउनुपर्छ भन्दा फुर्केका वामदेव अलपत्र परे । राजेन्द्र पाण्डेहरूले उपाध्यक्ष पद गुम्ने डरले वामदेवलाई छेकिदिए । माओवादीले पछिल्लो पटक प्रधानमन्त्रीको संसद भंग गरेर मध्यावधिमा जान सक्ने जासिस बुझ्यो, भिजिट भिसा प्रकरण अख्तियारकै छानविनलाई विश्वास गर्ने सहमति ग¥यो ।
ओली सरकारका दर्जनौं अपराध छन् । जुन अपराध कानुनले बर्जित छ । तर प्रहरी उसकै अदालत, उसकै भएकाले विपक्षीले उठाएका आवाज दबाइन्छ । रास्वपा र राप्रपाको संसद अवरोधलाई सरकारले किच्छ । किनकि राप्रपाको राजतन्त्रको स्थापनाका कुराले चैत १५ को अराजकतापछिको आन्तरिक द्वन्द्व झल्काउँछ भने रास्वपाको सभापति नै सरकारको शतप्रतिशत पूर्वाग्रहमा फसेपछि आन्तरिक संगठन विस्तार नै हुन नसकेको अवस्था छ । संसदमाथि दुई शक्तिको अवरोधलाई मार्शल लाग्ला तर व्यवस्थाकै बारेमा फरक मान्यता राख्नेले राज्यको विपक्षमा संयुक्त एजेन्डा बोक्न सक्दैनन भन्ने जानेर नै सरकार विपक्षीबीच सहमति भएको हो ।