Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकका ग्राहकलाई विभिन्न होटलमा छूट

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशत सम्म छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट–क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । यसैगरि माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयनसंग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले क्लव हिमालयन फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल