Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकका ग्राहकलाई विभिन्न होटलमा छूट

काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशत सम्म छुट पाउनेछन् ।
बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट–क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । यसैगरि माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लव हिमालयनसंग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले क्लव हिमालयन फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार