Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछापुच्छ्रे बैंकको नाफा ८० करोड माथि

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म)मा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ। खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ। यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.४१ प्रतिशत रहेको थियो।