Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा एक शव फेला

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ।

शुक्रबार बिहान नेपाली सेनासहितको उद्धार टोलीले सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरेको थियो। उद्धार कार्य जारी रहेकै बेला सुरुङभित्र थप एक शव फेला परेको छ।

उद्धारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार पवन तामाङका अनुसार सुरुङभित्र पुगेर फर्किने क्रममा एउटा शव देखिएको हो। उनले सुरुङभित्र एक शव फेला परेको जानकारी दिएका छन्।

सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। उद्धार कार्य कठिन र जोखिमपूर्ण रहेकाले सुरुङभित्र फसेकाहरूको यकिन अवस्था पत्ता लगाउन टोलीले सावधानीपूर्वक काम गरिरहेको छ।