Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
राजाले गिरफ्तार गर्न खोज्दाखेरि त नभाग्ने मान्छे म, तपाईंहरू सबैलाई थाहा होला, २०६२ सालको कुरा गर्नुस्, २०३२ सालको कुरा गर्नुस्, २०६१ सालको कुरा गर्नुस्, ती सबै सन्दर्भमा, ती सबै चुनौतीहरूको सामना गर्ने मान्छे म । कुनै गल्ती नगरेको, अपराध नगरेको, बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा, अनि त्यत्तिकै कुनै सन्दर्भ छैन भन्न सकिन्छ, उनले भने, किनभने, कानुनको एउटा प्रसेस हुन्छ, त्यो प्रसेसअन्तर्गत नै सबै प्रक्रियाहरू अगाडि बढ्छन् । प्रसेस अगाडि बढेको पनि छैन । मेरो पहिलेदेखिको निश्चित, निर्धारित कार्यक्रममा मैले जाने अवस्था बन्यो ।
चुनौती दिइसकेपछि सिधा सामना गर्ने आफ्नो शैली रहेको उनले बताए । तह लगाउनुपर्ने भए लगाएरै छोड्ने आफ्नो बानी रहेको उनको भनाइ छ ।
म यहाँबाट जानेबित्तिकै केहीकेहीहरूले, अधिकांशले त ठिकै लेख्नुभयो । केहीकेहीहरूले माधव नेपाल भागे, लुकेर बसेका छन्, उनको नेपालमा फर्कने योजना पनि छैन, हिम्मत पनि छैन भनेर भनिसकेपछि मेरो पनि बानी के छ भने, चुनौती नदिएसम्म त म चुप लागेर बस्छु, चुनौती दिइसकेपछि सिधा सामना गर्छु । म त्यस्तो नेचरको मान्छे हुँ, उनले भने, म न बोल्दिनँ, बोलिसकेपछि अब तह लगाउनुछ भने तह लगाएरै छोड्छु ।
चार देशको भ्रमण तालिका रहे पनि नेपालमा आफूलाई जोडेर विभिन्न्न विषय उठाइएकाले बीचमै स्वदेश फर्किएको उनले बताए ।
मेरो चार देशको भ्रमणको कुरा थियो, एउटा स्वीट्जरल्यान्ड, दोस्रो स्पेन, तेस्रो क्रोयसिया र चौथो युनाइटेड किङडम यूके । र,यूकेमा अझै बृहत् कार्यक्त्य सबै कार्यक्रममा भाग लिएर नै फर्कौंला भन्ने पनि लागेको थियो । दुई देशको भ्रमणको योजना रद्द गरियो ।
उनी यही साउन २२ गते बिहान टर्किस एयरको विमानबाट स्वीट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेका थिए । त्यसको एक दिनअघि सर्वोच्च अदालतले ललितनिवास जग्गा प्रकरणमा निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न बाटो खुला गरिदिएको थियो । नेपाल प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्बाट गरिएको निर्णयका कारण उनी ललितनिवास जग्गा प्रकरणमा मुछिएका हुन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल