Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपालको अध्यक्षतामा बन्यो एमाले समाजवादी, खनाल वरिष्ठ नेता

काठमाडौं । डेढ वर्षको गाँड कोराकोरपछि एमाले विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको बताइएको छ । विवाद भएकोले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकोले सो चिन्ह पनि हुनसक्ने बताइएको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने रणनीति बनाएको बताइन्छ । एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत नयाँ दलका नेताहरुले आग्रह गरेका छन् । केपी शर्मा ओली सुध्रिएर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने देखेर नै नयाँ पार्टी खोलेको नेताहरुको प्रतिक्रिया छ ।