Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव पक्षलाई सेक्ने निर्णय वालुवाटारले गर्दै

काठमाडौं । आफ्नो गुटबाहेकका नेता तथा कार्यकर्तालाई भित्तामै पुर्याउने शैली अपनाएर अगाडि बढेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माधव पक्षलाई कारबाही गरेरै अघि बढ्ने अन्तिम तयारीमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटीको आजको बैठक ले महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ । वालुवाटारमा विहान बैठक १० बजे बोलाइएको बैठकका एजेण्डाबारे केन्द्रीय कमिटी सदस्यहरुलाई जानकारी समेत गराईएको थिएन् । आजको बैठकलाई वैशाख ६ र १० गते बसेको बैठकको निरन्तरताको रुपमा समेत हेरिएको छ । बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने र माधवकुमार नेपाल पक्षका नेताहरुको कारवाही बारे थप छलफल हुने देखिएको छ । गत ६ बसेको बैठकले नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । अधिकांश नेताहरुले स्पष्टीकरण बुझाई सक्नुभए पनि त्यसबारे निर्णय हुन बाँकी छ । आज आकस्मिक बोलाइएको बैठकमा त्यसबारे छलफल र निर्णय हुनसक्ने स्रोतको दाबी छ ।