Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । एमाले अध्यक्ष केपि ओली निरंकुश लब्यशैलीको विरोध गर्ने वरिष्ठ नेता माधव नेपालको गुठियारा बनेर रमाएका धोकेबाज जोक्करहरु एमालेकै कार्यकर्ताले चिनेका थिए । पदको लोम र मन्त्री पदको आशामा दौडिएका त्यस्ता जोक्कर अगाडि पैसाले सांसद भएका किसान श्रेष्ठ प्रेम आले र धन बहादुर बुढाको आलोचना गर्नु ठिक हुदैन । भिमरावल, युवराज ज्ञवाली अष्टलदमी शाक्यका २ दिन अगाडिका भनाई र पार्टी विभाजनको दिन भाद्र २ को परिघटनाले एमालेका पाँच पाण्डव जोक्करहरुलाई राम्रै चिनायो । संसदको रक्षा संविधान रक्षाका लागि पार्टी फुटाइएको हो भनिदै छ । सुरेन्द्र पाण्डे घनश्याम भूषाल, गोकर्ण विष्ट योगेश भट्टराई, भिम आचार्यको ताल पनि देखियो । विष्ट भूषाल र भट्टराई ओलीको हुकुमी शासनका मन्त्री थिए । आचार्य प्रदेश १ मा मुख्यमन्त्री पाइन भन्दै डुकिन्थे । पाँच पाण्डवले तुजुक देखाए । लालबाब पण्डीत शेरबहादुर तामाङ्ग पनि ओली आक्रमणको शिकार बन्दा माधव पक्षको परिचय जोडिएको थियो । अष्टलक्ष्मी शाक्य बागमति प्रदेश सरकारको मुख्यमन्त्री भएकी छन् । तर पद जोगिने ठेगान छैन । एमाले कुनै कम्युनिष्ट दर्शन र सिद्दान्त पार्टी नै थिएन । माधव नाङ्गी डन भनेर नेपालमा कृश्चियन मिशनको सम्मेलन सफल बनाउन ओली सरकारले उपलब्धी हिन शान्ती सम्मेलन गरेर करोडौ खर्च गर्याे । होली वाईनका पुजारीहरुको रुपमा माधव पक्षकै कथित राष्ट्रवादीहरु देखिएका हुन् । केपि ओली, माधव बिनाको पार्टी बनाउन चहान्थे । उनको इच्छा पूरा भयो । मृगौलाको उपचार गर्न दिल्ली पुगेका झलनाथ खनाल आफै सम्पन्न भएपनि सरकारसँग रु ३५ लाख लिएकै छन् ।
गरिबले सिटामोल पाउँदैनन् । ओली राज्यबाट करोडौ लिएर मृगौला फेर्छन् आफ्नो सम्पत्ति लुकाउँछन् । नेपालका कम्युनिष्टहरुले ताल र व्यवहारले जनता दिक्क थिए । ओलीकै कारण नेकपा फुट्यो । सर्वोच्चले नेकपा फुटायो भनियो । त्यहाँ ओली नै अगाडि थिए । माधव पक्षलाई पेल्न ओलीले प्रचण्डसँग मिले । प्रचण्डलाई पेल्दा नेकपा नै फुटाई दिए । ओलीका एकलब्य एजेण्डाको शिकार भएका भिमरावल, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भिम आचार्य, जो हिजो एमालेमा जहाँ थिए त्यही ठाँउ पाउने आशमा छन् । केन्द्रीय सदस्य ३५ जना माधवतिर गएनन् । यीनले ओलीबाट पाउने साथ भनेको दासत्व स्वीकार्न हो । उनीहरु दाश नै हुन् किनकी ओलीको प्रवृत्ति विरुद्ध एक भएर पार्टी गठन गर्दा माधवलाई धोका दिए ।
एमाले एकताको पक्षमा हामी भनेपनि यो धोकबाट टोली कार्यकर्तामा परिचीत भयो । अप्ठेरोमा भाग्नेहरुको राजनीति अडान हुदैन । कम्युनिष्टहरुलाई छिन्न भिन्न बनाउने सिआईएका जासुसहरु एमालेमा धेरै छन् । पृथ्वी सुब्बा, शंकर पोख्रेलहरुको पद जानुमा ओलीको चरित्र प्राथमिकतामा पर्छ । एमालेको ओली शासनले गरेको विकास भनेको नीतिगत लुट र काम पूरा नहुँदै उद्घाटन र शिलान्यास हो । त्यसको नमून मेलम्ची परियोजना, सुन्धरा धराहरा, तामा कोशी, जल विद्युत परियोजनाको उद्घाटन हो । जहाँ काम पूर्ण रुपले सम्पन्न भएकै थिएन । तर ओलीले शिलापत्र लेखाएको संसारले देख्यो । नामको यस्तो भोको चरित्रले देशको सम्वृद्दि भन्दा ओम्नी र थामसेर्कूको भलो देख्नु नौलो भएन ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल