Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मापदण्ड तोड्न बालुवाटार सफल

आफैले निर्णय गर्ने आफै उल्घंन गर्ने बहादुर हुन प्रम ओली ! उनले पार्टी विधानको रक्षा गर्दैनन् । पार्टीका विधि प्रकृया, पद्दति विचार सबै ओलीवादको हैकममा केन्द्रीत छन् । भ्रष्टचारको विरोध गर्ने नितिगत ब्रम्हलुट मच्चाउनु ओली शासनको नयाँ श्रृखला होइन । जसले ओलीलाई बा भन्छ उसले लृुट्न पाउछ अपराधबाट आफै बच्न सक्छ । प्रमओली शासन नमून बन्दैछ । यस्तो शासन त राजाको पंचायतमा पनि थिएन । ज्ञानेन्द्रको शाही कू र ओली शासन एउटै हो । स्वतन्त्र प्रेस माथि हमला भएकै छ । एमाले ओली गुटका साइबर सेनाहरु सकृय नै छन् ।

कोरोना महामारी नियन्त्रण गर्न भ्रामक सन्देश दिईएकै छ । जनतालाई एकथरी सन्देश दिन्छन् व्यवहार उल्टो गरेकै छन् । सरकारले कोरोनाबाट बच्न सचेतता अपनाउने फर्मुला ल्याएको भोली पल्ट बालुवाटारमा हजारौ मानिस सहभागी गराईएको छ । प्रम ओलीले हरेक बैठक सरकारी निवासमा ओयोजना गर्छन । उनी संसदको बैठकमा एक दिन पनि सहभागी भएनन् । जुन संसद कानूनी रुपमा अदालतले स्थापना गरि दिएको थियो । अदालत प्रति प्रमओलीको धारणा छर्लङ्ग भयो । जनतालाई एक थरी सन्देश दियो आँफू उल्कपात गर्याे । यही हो ओली शासनको नमूना लायक लोकतन्त्र ।

जहाँ पनि ओलीको हैकम चर्काे छ । कानूनको खिल्ली उडाईएको छ । भाईचारा सम्बन्ध विगारिएको छ । बहुदलीय जनवादको नयाँ रुप अराजकता भएको छ ।


सम्बन्धित समाचार