Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माफियाको खर्चमा म्याडम अमेरिकातिर

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी यतिखेर अमेरिका भ्रमणमा छन् । उनले आफ्नी श्रीमतीलाई अमेरिका भ्रमणमा जाँदा लाग्ने खर्च भ्रष्टाचार र बेरुजुले तहसनहस भएको खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर दत्तमार्फत् भराएका छन् । उनै दत्तलाई पनि भ्रमणमा लिएर गएका मन्त्रीले आफ्नो मन्त्रालयमा ज्यालादारी र अस्थायी कर्मचारीहरूको समयावधि थप्न चासो दिएनन् । रु. ५ हजार पनि नछाड्ने द्रव्यप्रेमी चरित्रले सचिव मणिराम गेलाल पनि दंग परेका छन् । खानेपानी मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजनाहरूलाई कोपरेर आफ्नो स्वार्थ पूरा गर्न यी मन्त्रीले चलाएको अभियानबाट काँग्रेसका चल्दापुर्जा नेता कृष्ण सिटौलाको प्रतिष्ठामाथि समेत औंला ठड्याउनुपर्ने अवस्था सिर्जना हुँदैछ । यतिखेर मन्त्रीले केयुकेएलका प्रमुख, पिआईडीका प्रमुख, खानेपानी संस्थाका महाप्रबन्धक र सचिवलगायत आधा दर्जन टोली लिएर अमेरिकाको भ्रमण गरिरहेका छन् । उनलाई आफ्नो मन्त्रालयअन्तर्गतका आयोजनाहरू सफल बनाउने भन्दा कसरी हुन्छ चुनाव खर्च जुटाउने कुरामा चिन्ता छ । मन्त्रालय अन्तर्गतका गाडीहरू कब्जा गर्दै आफ्नो गृहजिल्ला बारामा मल बोकाउने काममा पनि मन्त्रीले राम्रै सदुपयोग गरेका छन् ।