Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिटरब्याज पीडितसँग भेट्न गृहमन्त्री सिमरा पुगे, पीडितले निजगढमै रोके यात्रा

काठमाडौं । मिटरब्याज पीडितका समस्या सुन्न तथा उनीहरूसँग प्रत्यक्ष छलफल गर्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बिहान सिमरा पुगेका छन्।

गृहमन्त्री आफैं भेट्न आउने जानकारी पाएपछि न्यायको माग गर्दै पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले आफ्नो यात्रा केही समयका लागि स्थगित गर्दै बाराको निजगढमै प्रतीक्षा गरेका छन्।

गएराति निजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेका पीडितहरू मंगलबार बिहान पुनः पैदल मार्च सुरु गर्ने तयारीमा थिए। तर स्थानीय प्रहरीले गृहमन्त्री उनीहरूलाई भेट्न आउन लागेको जानकारी दिएपछि उनीहरूले यात्रा रोकेका हुन्।

मिटरब्याज र ठगीका घटनामा न्यायको माग गर्दै पीडितहरूले असार २५ गते जनकपुरधामबाट पैदल मार्च सुरु गरेका थिए। सोमबार साँझ उनीहरूको टोली बाराको निजगढ पुगेको थियो।

गृहमन्त्री र पीडितबीच हुने छलफलबाट उनीहरूले उठाएका माग तथा समस्या समाधानका विषयमा सहमति खोजिने अपेक्षा गरिएको छ।