Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिल्ने छेकछन्द एमालेमा देखिएन

काठमाडौं । सत्तारुढ नेकपा एमालेको जुँगाको लडाइँ फुटकै बिन्दूतर्फ अघि बढेको छ । दुर्व पक्षको अहंकार घट्न नसक्ने हो भने भने अबको साता नेकपा एमाले औपचारिक रुपमा विभाजन हुनेछ । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने समर्थन फिर्ता नलिए पार्टी एकता नहुने बताइरहँदा नेपालले कुनै हालतमा फिर्ता नलिने बताएपछि फुटको सम्भावना बढेको हो । आजको बैठकमा ओलीले सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने स्पष्ट पारेका थिए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर समेत गरेका छन् । त्यसलाई फिर्ता गराउन ओलीले दबाब बढाइरहेका छन् । २३ सांसदले हस्ताक्षर फिर्ता लिएमा सर्वोच्च अदालतमा दायर प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट कमजोर हुनसक्ने ओली पक्षको निष्कर्ष छ । नेपाल पक्षले पनि ओलीले रिटलाई कमजोर पार्न रणनीति मात्र चालेको बुझाईका आधारमा पछिल्लो निर्णयहरुप्रति आशंका गरेको छ । नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएन । ओलीले नेपाललाई एमालेमा रहने हो भने हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिरहँदा नेपाल भने मानिरहेका छैनन् । बरु राजनीतिबाट सन्याल लिने तर हस्ताक्षर फिर्ता नलिने नेपालको घोषणा रहेको छ । दुवै पक्ष टसमस नभएपछि अब एमाले औपचारिक फुटको घोषणातर्फ बढ्ने देखिएको छ । सर्वोच्च अदालतले अर्को हप्ता प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिटविरुद्ध अन्तिम किनारा लगाउने हुँदा त्यससम्बन्धी विषयमा एमालेभित्र निर्णायक टकराव देखिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल