Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मीड सोलु हाइड्रोको आईपीओ शुक्रबारमात्रै खुल्ने

काठमाडौं । मीड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गते बिहीबारदेखि असोज १ गते निष्काशन खुला गर्ने भनिएको आईपीओ निष्काशनको मिति पछि सरेको छ ।
बिहीबार सार्वजनिक बिदा परेकाले अब उक्त आईपीओ भदौ २९ शुक्रबारदेखि असोज १ गते मंगलबारसम्म निष्काशन खुला हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा सर्वसाधारणका लागि ६ लाख २१ हजार १ सय ७२ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
सर्वसाधारणलाई छुट्याएको ७ लाख ४८ हजार ४ सय कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई ७४ हजार ८ सय ४० कित्ता बिक्री गरिसकेको कम्पनीले कर्मचारीहरुलाई १४ हजार ९ सय ६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४ सय २० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
सर्वसाधारणहरुलाई छुट्याइएको ६ लाख २१ हजार १ सय ७२ कित्ता ६२ हजार १ सय १५ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ता पाउने छन् ।
कम्पनीले सोलुखुम्बु जिल्लामा ९.५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ बाट विद्युत उत्पादन गर्दै आएको छ ।


सम्बन्धित समाचार