Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मीड सोलु हाइड्रोपावरले आज साउन १४ गते आइतबारदेखि आइपीओ बिक्री गरेको छ ।
कम्पनीले पहिलो चरण्णमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
स्थानीयलाई ७ करोड ४८ लाख ४० हजार रुपियाँ बराबरको ७ लाख ४८ हजार ४ सय कित्ता शेयर बिक्री गर्न लागिएको हो । ५ लाख ६१ हजार ३ सय कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ३,४,५,६, ७ र ११ का बासिन्दाहरु र १ लाख ८७ हजार १ सय कित्ता आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागिएको हो ।
त्यस्तै ७४ हजार ८४० कित्ता शेयरका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन् । बैदेशिक रोजगारीमा रहेकाहरुले भने साउन २८ गतेसम्म मात्रै आवेदन दिन पाउने छन् ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि निष्काशन खुला गर्ने कम्पनीले जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल