Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बुटवल । अल्पमतमा भए पनि सत्ता छोड्न नचाहाने ओली प्रवृत्तिका कारण संसदीय मुल्य र मान्यता तहस नहस भइरहेको बेला लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आज ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले ताजानेपाललाई बताएका छन् । हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भएको बताएका छन् ।आज नै आफूहरुले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिने उनले जानकारी दिएका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल