Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गत आर्थिक वर्ष २०७९÷८० मा मुलुकले ब्यापार १४ खर्ब ५४ अर्ब ५९ करोड व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आवको तुलुनामा गत आवमा १५.४५ प्रतिशतले व्यापार घाटा घटेको हो । अघिल्लो आवमा मुलुकले १७ खर्ब २० अर्ब ४१ करोड ब्यापार घाटा व्यहोरेको थियो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा निर्यात २१.४४ प्रतिशतले घट्दा आयात १६.०८ प्रतिशतले घटेको हो ।
उक्त अवधिमा एक खर्ब ५७ अर्ब १४ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा दुई खर्ब ३ करोड रुपियाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।
त्यस्तै, यस अवधिमा आयात पनि १६ दशमलव ०८ प्रतिशतले घटेको छ । गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपियाँको वस्तु तथा सेवा आयात भएको छ भने अघिल्लो वर्ष १९ खर्ब २० अर्ब ४४ करोड रुपिायँको वस्तु र सेवा आयात गरिएको थियो ।
भन्साको तथ्याङ्क अनुसार वैदेशिक व्यापार १६.५८ प्रतिशतले घटेको छ । गत आवमा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपियाँको वैदेशिक व्यापार भएकोमा अघिल्लो आवमा २१ खर्ब २० अर्ब ४७ करोड रुपियाँको वैदेशिक व्यापार भएको तथ्याङ्कमा उल्लेख छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल