Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मूल्य आकाशिएपछि भारतमा टमाटर चोर्ने गिरोह सक्रिय

काठमाडौं । भारतमा टमाटरको मूल्य आकाशिएको छ। यतिबेला भारतमा प्रतिकिलो टमाटरको मूल्य २ सय रुपैयाँ नाघेको छ। टमाटरको मूल्य यति बढेको छ कि अब भारतमा चोरीका घटना हुन थालेका छन्। समूह नै बनाएर टमाटर चोर्ने गिरोह सक्रिय भएको प्रहरीले बताएको छ। यस्तै यस्तै एक घटना कर्नाटकको बेंगलुरुमा पनि भएको छ, जहाँ टमाटर भरिएको गाडी चोरी भएपछि समूह नै बनाएर टमाटर चोरी भइरहेको खुलेको छ। घटना बेंगलुरुको एपीएमसी यार्ड पुलिस स्टेशन क्षेत्रको हो। चित्रदुर्ग जिल्लाको हिरियुरका एक किसान शनिबार मध्यरातमा बोलेरो कारमा लाखौं रुपैयाँ मूल्यको टमाटर बोकेर कोलार बजार जाँदै थिए। बजार जाँदै गर्दा बाटोमा रहेको अर्को कारसँग बोलेरो कार ठोक्कियो। ठक्करबाट कारको सिसा फुट्यो। त्यसै क्रममा ती व्यक्तिले किसान र चालकलाई जबर्जस्ती गाडीबाट निकालेर टमाटरसहितको गाडी चोरेर भागेको उजुरी पीडितले प्रहरीमा दिएका छन्। गाडीमा २ सय १० क्यारेट टमाटर भरिएको उजुरीमा भनिएको छ, जसको मूल्य करिब दुई लाख रुपैयाँ छ। उजुरीपछि प्रहरीले चोरी र डकैती अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो। उक्त घटनामा तमिलनाडुका एक दम्पत्तिलाई पक्राउ परेका छन्। उनीहरूले जानाजान कारमा ठक्कर दिएर झगडा गरी टमाटरको गाडी चोरेको खुलेको छ। मूल्य बढेसँगै चोरीका घटना बढेको प्रहरीले बताएको छ। पक्राउ परेका दम्पत्तिका ३ जना सहयोगी पनि रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको खोजी भइरहेको जानकारी दिएको छ।


सम्बन्धित समाचार

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल

म्याद थपेर रविको राजधानी यात्रा

२०८१ मंसिर ८

ताजा नेपाल

पार्टीमा एकता बचाउने रविको चिन्ता

२०८१ मंसिर ८

ताजा नेपाल