Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मृतकको संख्या १६४ पुग्यो

काठमाडौं । कोरोना कहरका कारण ज्यान गुमाउनेको संख्या बढेर १ सय ६४ पुगेको छ । नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले कोरोना पुष्टि भएका १ महिला र ६ जना संक्रमितको मृत्यु भएको जानकारी दिनुभयो । काठमाडौं उपत्यकाका ३ जनाको मृत्यु भएको छ । उहाँका अनसार काठमाडौंकी ७१ वर्षकी महिला, ७४ र ६६ वर्षका पुरुष, सिरहाका २२, पर्साका ६८,रुपन्देहीका ५३ वर्षका र धनुषाका ७६ वर्षका पुरुष गरि ७ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १६४ पुगेको छ ।