Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काडमाडौँ । मेगा बैङ्क नेपालले उदयपुरमा बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैङ्कले नेपाल सामाजिक विकास तथा जन सशक्तीकरण केन्द्रमार्फत् उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो । बेलकाको सरस्वती आधारभूत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पूर्वमन्त्री एवं सङ्घीय सांसद डा. नारायण खड्का र मेगा बैङ्क प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले न्यानो वितरण गरे । चिसोका कारण विद्यार्थीहरू विद्यालय जान नसक्ने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको मेगा बैङ्कले जनाएको छ । गत साता मात्रै मेगा बैङ्कले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिकालाई ब्ल्याङ्केट वितरण गरेको थियो । मेगा बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत् विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाहरूको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल