Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेडिकल सामग्री खरिद गर्ने सेनालाई जिम्मा

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरणहरु खरिदको जिम्मा नेपाली सेनालाई दिएको छ । सरकारले बुधबार नै अत्यावश्यक मेडिकल सामग्री खरिदका लागि सूची बनाउनेदेखि खरिदका लागि समन्वय गर्ने जिम्मा सेनालाई दिएको हो । अब सेनाले नै आवश्यक पर्ने मेडिकल सामग्रीहरुको सूची तयार गरी खरिदसम्मको प्रक्रिया अगाडि बढाउने छ ।
सैनिक स्रोतका अनुसार अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी समेतको सहभागीतामा आवश्यक सामग्रीको सूची तयार गर्ने काम भइरहेको छ । सैनिक स्रोतका अनुसार मेडिकल सामग्री खरिदको कार्यविधि भने तय भइसकेको छैन । ‘खरिद कार्यविधि के हुने भन्ने टुंगो लाग्न सकेको छैन । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल नामक कम्पनीसँग १ करोड ३ लाख ९४ हजार अमेरिकी डलरको ठेक्का सम्झौता गरेको थियो । तर, बजारको मूल्य भन्दा महङ्गोमा उपकरणहरु खरिद गरी अनियमितता भएको भन्दै विवादित भएपछि स्वास्थ्य मन्त्रालयले बुधबार ओबीसीआई कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो ।


सम्बन्धित समाचार