Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गतेदेखि ७ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरी सर्वसाधारणका लागि ९ लाख ३४ हजार ९ सय १५ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ९४ हजार ४ सय ८६ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ बिक्री गरिसकेको छ । निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा ४.७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । त्यस्तै पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुवा १ आयोजना निर्माण गर्नको लागि अनुमति पत्र पेश गरेको जनाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल