Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयर र ल्याब टेक्निसियन पनि कोरोना संक्रमित

काठमाडौँ । सबै क्षेत्रमा कोरोना कहल बढेको छ । आम नागरिक मात्रै होइन अब ठूला बडालाई पनि कोरोनाले सताउन थालेको छ । बहुदरमाई नगरपालिकाका मेयरसहित पर्सामा थप ५५ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा शुक्रबार अवेर राति गरिएको स्वाव परीक्षणमा बहुदरमाई नगरपालिका मेयर नितेन्द्र साह तेलीसहित ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसेका मेयर तेली अस्पताल जाने तयारीमा जुटेको खबरहबलाई जानकारी दिए । संक्रमित हुनेमा ७ महिला र ४८ जना पुरुष छन् । उनीहरू २२ वर्षदेखि ७४ वर्षसम्मका छन् । संक्रमितहरू तीन जना बाराका र एक सर्लाहीका छन् । ५१ जना पर्साका छन् । त्यसध्ये एक जना मृत्यु भइसकेका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । बिहीबार गण्डक अस्पतालमा मृत्यु भएका वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ७४ वर्षीय वृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित ५० जनामध्ये २३ जना वीरगञ्जस्थित विर्ता, छपकैया, आदर्शनगर, नगवा, सबैठवा, श्रीपुर, राधेमाई, तेजारथटोल, भिस्वा, मुर्लीलगायतका स्थानका छन्। यस्तै पर्सा बहुदरमाई नगरपालिका, विन्दावासिनी, छिपहरमाई, नगरदाहा, गम्हरीया, भौराटार, वैरिया लगायतका क्षेत्रका व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बहुदरमाई नगरपालिकाका वैरियाविर्ता क्वारेनटाइनमा रहेका १२ जनामा संक्रमण देखिएको छ। बहुदरमाईको नगरदाहा, गम्हरीया, भौराटार, वैरिया २, बहुअरी पिडरीलगायत टोलका संक्रमित रहेका छन्। बाराका तीन जनामध्ये कलैया १० घर भई नारायणी अस्पतालको ल्याबमा काम गर्ने ३१ वर्षीय प्राविधिक रहेका छन्। त्यसैगरी, बारा मनहर्वाका ४३ वर्षीय र भलुही भरवलियाका ३१ वर्षीय पुरुषमा पनि कोभिड– १९ पुष्टि भएको छ।