Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेयरलाई चाबी बुझाए व्यवसायीले, हेटौंडा बजार बन्द

मकवानपुर । अस्वभाविक रुपमा राजस्वमा वृद्धि गरिएपछि मकवानपुरको हेटौडा उपमहानगरपालिका विरुद्ध आन्दोलनरत व्यवसायिहरुले व्यवसायको चाबी नगरपालिकाको मेयर उपमेयरलाई बुझाएका छन् । शुक्रबार विहानैबाट सटर बन्द गरेर नारा जुलुस सहित नगरपालिका पुगेका व्यवसायिहरुले मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई व्यवसायको चाबी बुझाएका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएपछि जनप्रतिनिधि लचिलो भएका देखिन्छन्। मेयर र उपमेयरले केही प्रतिनिधिभित्र आएर प्रक्रिया पुरा गर्न आग्रह गरेका थिए । तर निर्देशनात्मक शैली भएको भन्दै व्यवसायीहरूले अस्वीकार गरेपछि बाहिरै आएर चाबी बुझ्न आग्रह गरेका थिए । चर्को नाराबाजीपछि मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उपमहानगरपालिका परिसरमा नारावाजी गरिरहेका व्यवसायी माझ आएर साचो बुझेका थिए ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१,०८२ मा विभिन्न शिर्षकमा गरेको करवृद्धीको विषय पेचिलो बन्दै गएपछि ४८ जना नगर सभा सदस्यले विशेष नगर सभा बोलाउन नगर प्रमुख समक्ष माग गरेको छ । राजश्व परामर्श समितिले राजश्वको दर वृद्धी नगर्न सिफारिस गरेपनि नगर सभाको निर्णय गरेपछि अहिले व्यवसायिहरुले यसको विरोध गरेका हुन् ।

सटर बन्द व्यवसायि आन्दोलनमा

नगरसभामा प्रस्ताव गरे विपरीत मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले करको दरमा अस्वभाविक वृद्धि गरेपछि आन्दोलनरत व्यवसायिहरुले हेटौंडा बजार बन्द गरेका छन्।

आफ्नो पसलको सटर बन्द गरेर, कर वृद्धिको विरोधमा सडकमा उत्रेका व्यवसायीले मैनबत्ति बालेर उपमहानगरपालिका कार्यालय परिसरमा धर्ना समेत दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार विहानैबाट व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिए ।

व्यवसायीहरूले व्यवसायिक सटरको साँचो उपमहानगरपालिकालाई बुझाएका छन्। व्यवसायीहरूलाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । कार्यालयको मूल गेटमा प्रहरीले छेकबार लगाउन खोजे पनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका थिए । त्यसपछि कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरेका थिए ।


सम्बन्धित समाचार