Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मोबाइल लुट्ने गिरोह पक्राउ

काठमाडौंं । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए । उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले ताजानेपाललाई बताए । लुटमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार