Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीति अर्को सातामात्र जारी हुने भएको छ। संचालक समितिका अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारीका साथै व्यवस्थापन समितिका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल देश बाहिर रहेका कारण यसै साता मौद्रिक नीति सार्वजनिक नहुने भएको हो।
सम्पत्ति शुद्धीकरणका विषयमा जवाफ दिन गभर्नरको नेतृत्वमा ३० जनाको टोली हाल क्यानडामा छन्।
गभर्नर अधिकारी बुधबार नेपाल फर्किँदै छन्। उनी बिहीबारबाट राष्ट्र बैंकको काममा फर्किने छन्। यसो हुँदा मौद्रिक नीतिको छलफल गर्न समय अपुग हुन्छ।
बिहीबार र शुक्रबारभित्र व्यवस्थापन समिति र संचालक समितिमा छलफल गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंकले बनाएको आन्तरिक कार्यविधि अनुसार मौद्रिक नीति साउनको ७ गतेसम्म जारी गरिसक्नु पर्छ। तर, यो आन्तरिक कार्यविधि भएकाले राष्ट्र बैंकले यसलाई पालना नगर्न पनि सक्छ।
स्रोतका अनुसार मौद्रिक नीति छिटोमा आइतबार र ढिलोमा मंगलबारसम्म जारी हुने छ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल