Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मौलाउँदाे गुटबन्दीले बढायो अराजकता

एकिकृत पाटीमा गुटबन्धिको चोचोमोचोले निरासा जगाएको छ । छ वटा प्रदेशमा नेकपाको सरकार छन् । संघिय सरकारले कानुन बनाएर नदिदाँ ति प्रदेशले काम गर्न सकेका छैनन् गुटको नेता मुख्य मन्त्री छन् । तिनलाई सजिलो बनाइदिन संघिय सरकारका प्रधानमन्त्रीले प्रदेशलाई इकाई भनेर संघियतामाथि प्रहार गी सके । यिनी संघियता विरोधी भएर गणतन्त्रको सारथि बन्न सकेका छैनन् । गणतन्त्रको पक्षको आन्दोलन हुदाँ यिनले बयलगाढामा चढेर अमेरिमा पुगिदैन भनेपनि तत्कालिन एमालेको अध्यक्ष यिनैलाई सुम्पियो त्यसको फल अहिले एकीकृत पाटीको गुटबन्दिले देखाएको छ । जनताको सासन आएको छैन ।

आन्दोलनमा जसको लगानी छैन त्यसले जनताको आवाज सुन्दैन । जो नाइके छ उसले पाटीलाई गन्दैन अरु नेताको कुरा सुन्दैन पाटीका निती विधी प्रकृया र पद्धती लाई ख्याल गदैन । विधान को मर्म र भावना तर्फ सोच्दैन बदनामलाई च्याप्छ । गुट बनाउछ । पाटी भत्काउछ । राष्ट्रवादको कोलाहल मच्चाउछ र संसदले पारीद गरेको चुच्चे नक्सा निशाना छाप बाट हटाउदै नेपालको भुमी अतिक्रमण गर्ने भारतिय पक्षको साथ लिन गुप्तचर प्रमुख संग गोप्य छलफल गर्छ आफ्नो हैसियत विर्सन्छ र नक्कली राष्ट्रवादको एैलान गर्छ त्यस्ता बाट एकिकृत पाटीको इज्जत कसरी बच्छ ?

काम भएका पनि छन् । ठुलो पाटीको ठुलै बहुमत प्रात्त सरकारले जनतालाई खुशी बनाउन सकेको छैन । भष्ट्रचार एैतिहारिक रुपमा बढेको छ । संयोगबस जो बदनाम छन् ।उनीहरु प्रधानमन्त्रीका विश्वास प्राप्त गरेका छन् तिनले कारवाही झेल्नु पर्दैन किनकी उनले केपी ओलीलाई श्रीतिन बनाएका छन् । पाटीको निर्देशन मान्नु नपर्ने गुट बाहेक अरुलाई चिन्नु नपर्ने दयनिय अवस्था देशमा छ । महंगी र कालो बजार माफिया तन्त्र र तस्करी मौलाउने अवसर दिने नेकपाको सरकार कति बदादुर ?

एकता भएको यो अवधिमा नेताहरु भाग बन्डामा रमाए । एमालेले माओवादीलाई गनेको छैन । चुनाबमा त्यो शक्ति नभएको भए केपी ओली श्री ३ बन्ने अवस्था थिएन । छलफल विना भएको एकताले पाटीका कार्यक्रम र नितीलाई कमाउ तन्त्रमा परीणत गरेको अहिले देखिदैछ । जहाँ एमालेका मन्त्री छन् त्यहाँ माओवादीले भाग पाउदैन माओवादी मन्त्री भएका ठाउँमा एमालेले छोडदैन । एकिकृत पाटी को संरचना यसरी कति दिन चल्छ । प्रधानमन्त्रीले प्रचण्ड माधन नेपाल संग संझौता गर्छन काम गदैनन् । बरु छौडा र अरीगाल लगाएर फेसबुक आतंक मच्चाइदिन्छन् ।

जनताको सरोकार छैन पाटीका गतिनिधि सुन्ने छन् नेतालाई लुट्न छुट छ । यो सरकार भ्रष्ट माफिया र तस्करको हितमा निणर्य गर्छ जनहितका काम गदैन । त्यसैले सरकारका राम्रा कामको प्रचार छैन लुटको खेती चम्कीएको छ । पाटी छ बैठक बस्दैन सचिवालय छ कार्यक्रमको तयारी गर्दैन स्थाई समिती छ त्यसले दिएको निर्देशन प्रधानमन्त्रीले टेदैन के अराजकताको भन्डार वर्तमान रसकार र नेकपाको नेतृव्व बनेको हो ?


सम्बन्धित समाचार