Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी चलाइन्छ राष्ट्र निर्माताविरुद्धको अभियान

  • अर्जुन ज्ञवाली

नेपाल राष्ट्र एकीकरण विरुद्ध लेख्ने, बोल्ने केही पात्रहरू प्रतिविम्बित उदाहरण मात्रै हुन् । पृथ्वीनारायण शाह र नेपाल एकीकरणविरुद्ध पश्चिमा इसाई मिसनरी फण्डिङ पत्रकार, बुद्धिजीवी, मिडिया हाउसहरू क्रियाशिल रहेको कुरा अहिलेको खुल्ला समाजमा घामजस्तै छर्लङ्ग रहेको छ । धेरैले पुराना दस्तावेजहरू हेर्दैनन् । नेपाल एकीकरण बिरोधी अभियानमा बिपि कोइरालादेखि पुस्पलालसम्म सामेल छन् । अहिले देखिएको त्यसैको विस्तारित रुपमात्रै हो । पृथ्वीनारायण शाहले स्थापना गरेको कथित सेनानै पृथ्वीनारायण शाहविरुद्ध घृणा फैलाउने कथित माओवादी हिंसाका खलनायक डा. बाबुराम भट्टराईबाट क्लास दिन लगाउँछ । यस्ता पात्रहरूको अर्थात् पृथ्वीनारायण शाहविरुद्ध घृणा फैलाउनेहरूको केन्द्र बाबुराम भट्टराईलाई सैनिक क्लास दिन बोलाउने केन्द्र हो । आलोचकहरूकै कारण पृथ्वीनारायण शाहसम्बन्धि जनस्तरबाट बहस उठेको छ । यो विषयलाई पनि हामीले नजरअन्दाज गर्नु हुँदैन ।
यामबहादुर अधिकारी र सैनिक जनरल कुमार फुदुङ माओवादी र आर्मी जनरल बन्नु संयोग होईन नियोजित हो । उग्र जातीवादी इसाई मिशनरीका अनुचर शुरेश आलेमगर लगायत माओवादी आतंककारीहरूको केन्द्र कुमार फुदुङ हुदै प्रज्वलशमसेर जबरासम्म रहेको खुलासात सैनिक जनरल चिनियाँबहादुर बस्नेतले गरिसकेका छन् । यसकारण अहिले जति पनि पृथ्वीनारायण शाहविरुद्ध घृणा फैलाउने कथित माओवादी, पहिचानबादी, जातिबादी लेखक बुद्धिजीवी आवरणमा देखिने अपराधीहरू छन् तिनीहरूको केन्द्र सेनाभित्रको कुमार फुदुङ राणाकेन्द्र हो । कथित माओवादी पत्रकार, बुद्धिजीवी, साहित्यकारहरू त्यही रक्तपिपासु अपराधीक केन्द्रका सिआइडि मात्रै हुन् ।
जबसम्म कोटपर्बपछि इन्डो÷ पश्चिमाले कब्जा र जरो गाडेको सेनाको राणाकेन्द्र समाप्त हुँदैन पृथ्वीनारायण शाहविरुद्ध विष बमन गर्नेहरू क्रियाशिल रहन्छन् । १७ हजार नेपाली मध्य हजारौं नेपाली सेनाको हत्या गर्ने हत्यारो बाबुराम भट्टराई जस्ताले सेनामा क्लास लिन्छन् । माओवादी हिंसामा सामेल गोर्खाको देवकोटा केटो जस्ताले सैनिक स्कुलमा पढाउँछन् । नेपाल एकीकरण विरुद्ध विषबमन गरेर त्यही राणा नियन्त्रणमा रहेको सेनाले लेख्न लगाउँछ । अब बुझ्नुस् राष्ट्र निर्माता पृथ्वीनारायण शाहविरुद्ध घृणा फैलाउनेहरू स्वयं पृथ्वीनारायण शाहले स्थापना गरेको सैन्य हेर्डक्वार्टरसँग जोडिएका छन् ।
अबको लडाइँ चाणक्यले भनेजस्तै केन्द्रमै हो । चिनियाँ जनवादी क्रान्तिका नेता माओले भनेजस्तै हेडक्वाटरमै बैचारिक बम बर्साउ । त्यो केन्द्र कोतपर्बदेखि जरो गाडेको नेपाल एकीकरण बिरोधि सेनाभित्रको राणाकेन्द्र हो । इतिहास पुरानै रूपमा दोहोरिँदैन । रुसमा लेनिनको सता ढलेको २० बर्षपछि पुटिनको उदय भएको छ । इरानमा अमेरिकी कठपुतली शाह राजतन्त्रको अन्त्य सङ्गै आयोतोल्लाह खुमेनिको उदय भएकोछ । भर्खर सार्क मुलुक मध्यको मालदिभ्समा भारतीय बिस्तारवाद बिरोधि सत्ता स्थापना भएको छ । सिरियाको अमेरिकी साम्राज्यवाद बिरोधि लडाइँले टर्कीलाई रुस र पुटिनको निकट पु¥याएको छ । पाकिस्तान अफगानिस्तानमा अमेरिकी साम्राज्यवाद बिरोधि जनमत प्रबल बनेको छ ।
पृथ्वीनारायण शाहको नेपाल पुनः एकीकरण पश्चिमा साम्राज्यवाद विरुद्ध थियोे । यसकारण अहिले पृथ्वीनारायण शाहमाथिको आक्रमण साम्राज्यवादी शिबिरको हमला हो । पृथ्वीनारायण शाहको असली हिन्दुस्थाना फिरङ्गी र तिरङ्गी बिरुद्ध हो । सन १९२५ मा बेलायती योजनामा कम्युनिस्टबिरोधि स्कुलिङ, मुस्लिम बिरोधि स्कुलिङ, इसाई मैत्री स्कुलिङको दक्षिणको काला अंग्रेज आरएसएस, भाजपाको जस्तो हिन्दू आवरणको साम्राज्यवाद शिबिरको सुरक्षार्थ होईन । यसकारण नेपाल एकीकरणको सुरक्षा साम्राज्यवादको शिबिर ध्वस्त नगरेसम्म हुँदैन । त्यसको लागि पृथ्वीनारायण शाह, बहादुर शाह, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुवरहरूको जगबाट नेपाली मोडेलको गद्दाफी शासनको उदय गराउनु पर्दछ । राजा ज्ञानेन्द्र र युवराज पारसको सुरक्षा पनि त्यसैमा हुनेछ । स्वयं राजा महेन्द्र, राजा बिरेन्द्रको सुरक्षा नभएको राणानियन्त्रित घेराबाट राजतन्त्रको पुनः स्थापनाले नत नेपाल एकीकरणको सुरक्षा हुनसक्छ नत राजा र राजपरिवारको नै । यसकारण राजा ज्ञानेन्द्र र युवराज पारस पनि नेपाली मोडलको गद्दाफी शासन ब्यवस्थाको खोजीमा सहभागी हुनुमै उहाँहरूको र नेपालको हित र कल्याणमा छ । विश्व भुराजनीतिले पनि हामीलाई यस्तो शासनको अनुकुल वातावरण निर्माण गर्दै गइरहेको छ । पृथ्वीनारायण शाह र राष्ट्रएकीकरण माथी घृणा फैलाउने पृथ्वीनारायण शाहको दिव्योपदेशमाथि हिलो छयाप्नेहरू भनेका आफ्नै आमा बाबुमाथि बिश्वास नगर्नेहरू हुन् । बेलायती कुकुर ब्रेनहड्सनका चेलाहरू हुन् ।
हड्सनले पृथ्वीनारायण शाहको देहावसानको १ शयबर्षपछि काठमाडौमा आएर भ्रमपूर्ण इतिहास लेखेको छ । १७ धार्नी नाक काटे भनेर लेखेको छ त्यतिबेला किर्तिपुरमा जनसंख्यानै त्यति थिएन । पृथ्वीनारायण शाहको देहावसानको १ शयबर्षपछि लेखिएको त्यो गोयबल्स इतिहास अहिले पृथ्वीनारायण शाह विरुद्ध त्यही फिरङ्गिको अभिव्यक्ति यहाँका आन्तरिक फिरङ्गिहरूले बोल्ने लेख्ने गर्दछन् । पृथ्वीनारायण शाहको फोटो अगाडि राखेर बेबिकिङ, कल्चरल किङ भन्नेहरूको केन्द्र पनि त्यही राणा नियन्त्रणमा रहेको केन्द्र हो । यसबाट मुक्ति भनेको नेपाली मोडेलको गद्दाफी शासननै हो ।

कस्ता संस्थाहरू क्रियाशील छन् नेपाल राष्ट्रविरुद्ध
पृथ्वीनारायण शाह र नेपाल एकीकरण विरुद्ध कस्ता ब्यक्ति सस्थाहरू छन् ? नेपालीहरूले ध्यान दिनुपर्ने र बुझ्नु पर्ने विषय । शुरु गरौं शुरेश आले मगर प्रवृत्ति र नयाँपत्रीकाबाट । माओवादी हिंसामा शामेल शुरेश आले मगर लगायत पृथ्वीनारायण शाहविरुद्ध घृणा फैलाउने माओवादीहरू नेपालको सेना कब्जा गरेको राणाकेन्द्रका सैनिक सिआइडि हुन् । यिनिहरूको केन्द्र दरबार हत्याकाण्ड २०५८ जेष्ठ १९ का प्रधानसेनापती प्रज्वलशमशेर केन्द्र हो । कसरी ? तत्कालीन सैनिक जनरल चिनियाँबहादुर बस्न्यातले आफ्नो पुस्तकमा खुलासा गर्दै लेख्नु भएकोछ ः माओवादी नेता शुरेश आले मगरको कुमार फुदुङसँग आउजाउ भएको आशङ्का थियोे । प्रज्वल शमशेर राणाका बहिनी ज्वाइँ सदिप साहसँग कुमार फुदुङको उठबस थियोे । सेनामा कसलाई के गर्ने सदिपले गर्दथे । माओवादीले फुदुङलाई सभासद् बनाएपछि माओवादीको फुदुङ हुँदै प्रज्वलशमसेर जबरासम्मको सम्बन्ध प्रमाणित भयो । पछिल्लो चरणमा सेनाको अधिकृत स्तरको क्लास पृथ्वीनारायण शाहलाई चिन्दिन भन्ने बाबुराम भट्टराईलाई दिन लगाएर सेनाले आफ्नो त्यो निरन्तरता कायमै राखेको देखिन्छ ।
डोल्पाको दुनैमा इसाई माओवादी आतंककारी हरूले पहिलो सदरमुकाम हमला गर्दा प्रज्वल शमसेर राणा र त्यहाँको सैनिक कमान्डरले माओवाद आतंककारीलाई सहयोग गरेपछि तत्कालीन गृहमन्त्री गोबिन्दराज जोशीले भण्डाफोर गरेका थिए । त्यही शक्तिकेन्द्रले २०६४ को संविधानसभा निर्वाचनमा गोबिन्दराज जोशीको गिरिजा कृष्ण सिटौलाको सहयोगमा निर्वाचनलाई माध्यम बनाएर हत्या गर्न खोजेका थिए । जोशीसँगको अन्तरवार्तामा आधारित उक्त घटनाक्रम बिपि बाइबल कांग्रेस पुस्तकमा उल्लेख छ । अहिले पृथ्वीनारायण शाह विरुद्ध पश्चिमा फिरङगी मिसनमा घृणा फैलाउनेहरू यस्तै देशीविदेशी एजेन्सिका अनुचरहरू हुन् । शुरेश आले मगर प्रतिविम्बित उदाहरण मात्रै हुन् समग्र जातिबादी, माओवादीको आन्तरिक केन्द्र राणा नियन्त्रणमा रहेको यही हेडक्वाटर हो । नेपालका कथित मिडिया हाउस र बम्बैका बेश्यालयहरूमा खासै भिन्नता छैन । त्यस्तै अपवादबाहेक नेपाली पत्रकार फण्डिङ बुद्धिजीवी र सुन्दर देखिने बम्बैका यौनकर्मी उस्तै हुन् । किनभने अमेरिकी खुफिया एजेन्सी सिआइएको बौद्धिक शाखा कार्टर सेन्टरका अध्यक्ष दुमन थापा नयाँ पत्रिकाका सस्थापक अध्यक्ष हुन् भने बेलायतमा गएर एमआइ ६ को प्रशिक्षण लिएर आएका कृष्णज्वाला देवकोटा सम्पादक । २०५८ जेष्ठ १९ को दरबारहत्याकाण्डको समयमा दुमन थापा तत्कालीन दरबारका सैनिक सचिव विबेक शाहसँगै ठमेलमा रहेको कुरा विवेक शाहले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । यस प्रकारका पत्रिका मिडिया हाउसको मिसन प्रष्टछ नेपालमा नेपाल बिरोध इन्डो÷पश्चिमा मिसन चलाउने । नयाँपत्रिका प्रतिविम्बित उदाहरण मात्रै हो । समग्र नेपाली पत्रकारिता यस्तै मिसनरीको काम गर्दछन् । विशेष गरेर जङ्गबहादुर राणाले बेलायतको आडमा गरेको कोटपर्वपछिको राणा नियन्त्रणमा रहेको सेना र राणाहरू पृथ्वीनारायण शाहको निति सिद्धान्त बिचार बिरोधि हुन् । २००७ सालपछि सेनामा तिनै राणाहरूको नियन्त्रण रहन गयो । योगि नरहरिनाथको पहलमा बिसं २०१० सालबाट पृथ्वीनारायण शाह राष्ट्र एकता दिवस मनाउन थालिएपछि राणा नियन्त्रणमा रहेको सेनाले बाध्य भएर मनाउन थालेको देखिन्छ ।
कांग्रेस सि क्लास राणाहरूको क्लब हो भने राप्रपा ए क्लास राणाहरूको क्लब । राप्रपामा पशुपति शमशेर राणाको अनुहार र कांग्रेसमा आर्जु राणा प्रतिबिम्ब मात्रैहुन भने एमाले माओवादी, मसाले हरू सि क्लास राणाका नोकर्नी पटिका कारिन्दा मात्रा हुन् । पृथ्वीनारायण शाहको नेतृत्वको नेपाल एकीकरण फिरङगी विरुद्धको एकीकृत सत्ता हो भने अहिलेका दलहरू र सेना फिरङ्गी अनुचरहरू हुन् । पृथ्वीनारायण शाह र नेपाल एकीकरण विरुद्ध फिरङ्गी शक्तिकेन्द्रको तामेलिको लागि विभिन्न कोणबाट लेखाइन्छ । नेपाल एकीकरणको जग अब गद्दाफी या पुटिन मोडेलको सत्ताले मात्रै पूर्ण गर्न सक्दछ । त्रिभुवनले मोहन शमशेरलाई जवाफ दिँदै भन्नुभएको थियोे– मेरो बिमती तिमिसङ्ग होईन जङबहादुर राणाको कुसँग हो । त्रिभुवनले राणासँग तोडन खोजेको सम्बन्ध राजा महेन्द्रले दिएको निरंतरता एतिहासिक भुल थियोे । त्यही राणा परिवारले दरबार पार्टी र सेना कब्जा गरेको बर्तमान अवस्था हो । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड पृथ्वीनारायण शाह बिरोधिले सेना कब्जा गरेको अवस्थाको परिणाम हो । त्यसैको उत्कर्स २०६४ जेष्ठ १५ को गणतन्त्र घोषणा हो ।
अर्काथरि मोदनाथ पौडेल, रमेश ढुङ्गेल जस्ताहरू कुरा पृथ्वीनारायण शाहको गर्ने तर पृथ्वीनारायण शाहको दिब्योपदेश माथि घृणा फैलाउने । मत्स्येन्द्रनाथ, गोरखनाथ, भैरवनाथ, भगवन्तनाथ, महाकाली, भवानी देबि शिबशक्तिको अवमूल्यन गर्ने । नेपाल एकीकरणको गोर्खाली सेनाको ‘जय जय काली जय जय गोरख’विरुद्ध विषबमन गर्नेहरू पनि समग्रमा पृथ्वीनारायण शाहको नाम लिएपनी पृथ्वीनारायण शाहको निति बिरोधि हुन् । अब नेपाल एकीकरणको सुरक्षाको लागी नेपाली मोडलको गदाफी शासनको आधार निर्माण गरौं । नेपाल एकीकरणको सुरक्षा गरौं । राणा नियन्त्रणको कथित सेनासँग पृथ्वीनारायण शाहबिरोधि माओवादी आतंककारी हरू देखी पश्चिमा फिरङगिहरूको सम्बन्ध कसरी जोडिएको थियो नारायणहिटि हत्याकाण्ड नेपाली कम्युनिष्ट मिसन सिआइए पुस्तकमा उल्लेखछ । पहिलो सस्करणको सकिएकोले दोश्रो सस्करण आउँदैछ । त्यसमा बिस्तृत सूचनाहरू उल्लेख गरिएको छ । सबैलाई चेतना भया ।