Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी मिलाइयो नेकपाको र्याङठ्याङ

काठमाडौं । नेकपाभित्रको सत्ता उन्माद अन्ततः समाधान भएको छ । सिंगो विश्व कोरोनाविरुद्ध लागेको बेला सत्तारुद दल नेकपाले विवादलाई मैदानमा ल्याएर निकै रमिता देखाइरहेको थियो । शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरुलाई समाधान गरि एकतावद्ध र दृढभएर अघि बढ्ने संकल्प गरेको छ । त्यस्तै बैठकले पार्टी एकताको रक्षा र सुदृढ बनाउने गरि अघि बढ्ने तथा एकतालाई कमजोर बनाउने र फुट उन्मुख हुने कुनै पनि गतिविधि नगर्न कार्यकर्तालाई आग्रहसमेत गरेको छ । ‘पार्टीमा देखिएका समस्या समाधान गरि अघि बढ्ने र पार्टीलाई एकतावद्ध राख्ने विधी पद्दती अनुसार सञ्चालन गर्ने निर्णय भएको छ, प्रवक्ता श्रेष्ठले भने, पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनाताको पक्षमा समाजवाद उन्मुख रुपमा काम गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय लिएको छ ।
पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमिकजोरीलाई लिएर प्रधानमन्त्रीले आत्मआलोचना गरेका छन् । ‘पार्टी वा सरकार वा विभिन्न क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन् प्रधानमन्त्री केपी ओलीले आत्मआलोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने,त्यस्तै गरि प्रचण्ड र अरु कमरेडले पनि आत्मआलोचित हुँदै अगाडि बढ्ने संकल्प गर्नु भएको छ ।’

पार्टीमा देखिएको समस्या समाधान र निष्कर्ष उन्मुख बनाउन तथा पार्टीलाई दिशानिर्देष्ट गर्ने गरि त्यसका लागि आवश्यक छलफल गर्ने गरी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समिति बैठक राख्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
यसको तयारीका लागि सचिवालयको बैठक २४ गते ३ बजे बस्नेछ । त्यस्तै गरि बैठकले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा को उक्क्मेदवार बनाउने र लैजाने पहल गर्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ ।’ उनले थपे, ‘उहाँलाई प्रतिनिधिसभामा लैजाने भनेपछि स्वभाविक रुपमा त्यो पनि अन्तरनिहित हुन्छ । प्रतिनिधिसभामा उहाँ आउनुभएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका त्यतिबेला खुल्छ ।’
नेता माधव कुमार नेपालाई तेस्रो अध्यक्ष बनाउने कुरा यसअघिको बैठकमा समानन्य कुराकानी मात्र भएको र अब त्यो बिषय सकिएको श्रेष्ठले बताए ।


सम्बन्धित समाचार