Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कुलमान घिसिङलाई हटाउने ! सायद नेपालले मात्र चिन्ने मान्छे होइनन् कुलमान । विश्व इतिहासमा धेरै बादशाहहरू आए र लाज मानेर गए पनि । हामीलाई पूरै थाहा छ, लोकतान्त्रिक सत्तामा आउनेले जनमत लिएँ भन्दैमा आफू नाङ्गो वा बाङ्गो भए पनि समग्र जनताको मतलाई लात हान्ने छुट हुन्न । बहुमतले मन पराएको र राम्रो काम गर्नेलाई जो–कसैले पनि (नाकका तालले) सर्वोपरी ठान्नुपर्ने हुन्छ । सबैले आफ्नो हैसियतअनुसार काम र कर्म गरेका हुन्छन् । अरूको घृणा र निन्दा गर्नुभन्दा पहिले आफ्नै छायाँ ऐनामा हेर्दा राम्रो हुन्छ जो–कसैले । संसारमा राज्य, सत्ता र पदमा हावी हुन त धेरै आए । धोती लगाउने र धोती नलगाउने कोही आएन । मन्त्री बन्ने धेरै आए तर माखो मारेनन् । मन्त्री लेबलमा काम गर्ने हिम्मत कसैले गरेको थिएन, इतिहास साक्षी छ ।
त्यो सुरुवात गर्ने हिम्मतवाला नेता कोही थियो भने एक राजनेता ‘गोकर्ण विष्ट ।’ समग्र उज्यालो नेपालको इतिहासमा सत्तातर्फबाट नेपालको सपुत नेपालको छोरो उनी नै हुन् । आज पनि राज्यका कोही–कोहीले आफ्नो जस र त्यो इतिहासको रस चुसेर र आफ्ना झुन्डमा राजनीतिको लेप लगाउन भरमग्दुर प्रयास गर्दै छन् । दर्शन नभएका, व्यवहारमा हाँसोठट्टाले सत्तामा आसीन भएका र अरूको काँधको बन्दुकको सहारामा सारा परिवर्तनको जस पाएका आए आँप, गए झटारो सम्झनेहरू इतिहासाको बागडोरमा सत्ताको मसिहा भए । इतिहासको विरासतको चोलामा दुनियाले बगाएको रगतको खोलाभित्र अट्टहास गर्नेहरूलाई के हाम्रा सन्ततिले बिर्सेलान् ? ती निकृस्टहरू हुन्, जुन कुलमान घिसिङलाई पनि देखिसहन्नन् । अझ उनीहरू गोकर्ण विष्ट र जनार्दन शर्माको नाम त झन् किन सोच्न सक्दछन् ? थाहा छ, केवल थोरैलाई मात्र । सत्य के थियो, भएको के थियो अनि भोलि के हुनेछ । इतिहासमा हामीले सोच्दछौँ । हाम्रा भद्र मनले सन्ततिलाई सोचेर हेर्दा लाज लाग्छ, हिजोको कम्युन अनि आजका यिनीहरूका कम्युन नामका हावाका अफवाह । यस्ता अर्धमूर्तिहरू कसरी सत्ताको बागडोर सम्माल्न पुगे ! किन सत्य बुझ्दैनन् ? समग्र जनआवाज किन यिनको मनमुटुमा छिर्दैन र पनि अझै हामी कोह–कोहि यिनैको धोतीका जुम्रा बन्दै ?
आफ्नो कर्म र कर्तुत देखाउनु थियो भने त अरू धेरै गर्न सक्थे यी सत्तालोलुप पक्षपातीहरूले । सत्ताको र उज्यालो नेपालको प्रमुख नमुना पात्र त क. गोकर्ण विष्ट हुन् । सत्ताको नमुना र उज्यालो नेपालको अर्को नमुना क. जनार्दन शर्मा हुन् । ती सत्ताका हस्तीलाई त यो सरकारले सम्झने कुरै भएन । तर आमनेपालीले चिन्ने भनेको कुलमान घिसिङ हुन् । उनी नेपाल र नेपालीले मात्र चिन्ने मान्छे होइनन् । आज पनि उनले कोरोना भाइरसको निर्मुलीकरणको बारेमा विशेष अफर ल्याएका छन् । नेपालमै भेन्टिलेटर बनाउने र त्यसैले यो सरकारले आफ्नो नाङ्गो उपस्तिथिको ढाकछोप गर्नका लागि कुलमान घिसिङलाई हटाउन खोजेको होला । उज्यालो नेपालको सुरुवात गर्ने प्रथम मसिहार प्रथम नेपाल सपुत सरकारी मन्त्री क. गोकर्ण विष्टलाई बीचैमा हटायो । क. प्रभाकरलाई चङ्गुलमा पारेँ भन्ने सोच्यो ।
अव आमनागरिकको, समाजको र जनताको लोकप्रिय कर्मचारी र सायद राजनीतिक रूपमा पनि नेपाल–प्रचण्ड खेमाले सोचेर कुलमान घिसिङलाई पनि हटाउन सक्दछ यो सरकारले । यसले गर्ने यस्तै–यस्तै काम हो, गरोस् । रातो आँखाले आँसु बगाएर लाज मानेर यो सत्ताबाट पार नपाउनसम्म अरू के नै गर्न सकिन्छ र ? हामी र हाम्रो उज्यालो देश बनाउन खोज्ने गोकर्ण विष्ट, जनार्दन शर्मा र कुलमान घिसिङ सबै अब सत्ताको नजिक नआए हुन्छ । हामी नेपाली जनता अब कुलमान, गोकर्ण जनार्दन सबै ठोरीमा गएर राम मन्दिर बनाउँदा यो सरकार बहुत खुसी हुन्छ । त्यसमा बहुतै राष्ट्रवाद झल्किन्छ । जसरी टनकपुर बेच्ने सन्धिमा भिटो लगाएर पास गराउनेहरू आज अनेक तिकडममा राष्ट्रवादी भएका छान् । आफूलाई लगाएको दोष मेटाउन नेकपाले जबरजस्ती संसदीय समितिमा छिराएर पास गराएपछि चुच्चे नक्सा बनाएर आफू राष्ट्रवादी भएको ढ्वाङ फुकेर अबुझहरूका सामु उनको ठूलो रास्ट्रवादको ढोग बढ्यो । त्यस्तै बढ्छ झन्–झन् हामीले ठोरीमा रामको सालिक कुँदे । हामीले अब ढुङ्ग्रोमा मुख राखेर बोले बाघ बन्दछौँ । नक्सामा काँगडा र टिस्टा राखेपछि हामी देशभक्ति हुन्छौँ । अनि ठोरीमा राम मन्दिर बनेपछि त्यही राजा दशरथको सन्तान जन्मेको प्रमाण हुन्छ होला नि !
साँचो भन्दा नपुंसकहरूको इतिहास सदैव अधुरो र अपूरो नै हुन्छ । आफ्नो सनातन हिन्दू राष्ट्र धर्म निरपेक्ष हुँदा सरासर स्वीकार्ने सबैखालको परिवर्तनसहितको सङ्घीयता समावेशीकरण र इज्जतमा आफैँ हावी हुनेहरूले सबै सत्ताको रस, जस र परिवर्तनको हिरो हुन भ्याए । तर तिनकै कारणले आज पनि परिवर्तनका द्योतकहरूले क्षेतिपूर्ति पाएका छैनन् । घाइतेले उपचार पाएका छैन्नन् । बेपत्ताको परिवारले लास, सास वा क्षतिपूर्ति पाएका छैन्नन् । आज पनि उनले आफू निर्दोष भएको र राज्यमा आफ्नो सबै त्याग भएर सत्ताको सर्वेसर्वा भएको नमुना प्रस्तुत गर्दै सबैभन्दा राम्रो काम गर्ने मान्छेलाई किनारा लगाउँदै छन् ।
पिल्सिए गोकर्ण विष्ट, वामदेव, उज्यालो नेपालमा नामै आएन जनार्धनको, सबैलाई र सबैले चिनेको कुलमान घिसिङलाई पनि उनले आफ्नो प्रतिकूल सम्झदै छन् । त्यो कुनै अनौठो कुरै होइन । विनाशकाले विपरीत बुद्धि ! एउटा तामाङको छोराले नेपालमा यस्ता–यस्ता चमत्कार गर्दा परिवर्तनरोधीहरूका आँखामा रगत आउनु कुन ठूलो कुरा हो र ? त्यसमा पनि राजनीतिक रूपमा नाम जोडिने नेता गोकर्ण विष्ट अनि जनार्धन शर्मा । कसरी खुसीको मुस्कान आउन सक्छ ? न आफ्नो गुट न आफ्नो जातभात, न आफूले भनेर आफ्नो झुन्डले ल्याएको परिवर्तन त किन आउँदैनन् आँखामा रगतका थोपा ? सडकमा इँटाढुङ्गा बर्साउन बिर्सेका र जिन्दावाद–मुर्दावादको नारा जप्न छाडेका नेपालीका कन्सिरीका रौँ ठाडा पार्नु छ यो सरकारलाई । हटाए हुन्छ, कुलमानलाई तब थाहा हुन्छ उनको महत्व र जनजनको मनमा उनले बनाएको बास र छरेको उज्यालोको महत्व ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल