Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्ता नेताले जनता बुझेनन्

आफू सहेर अरुलाई हँसाउने पो नेता । हाम्रा नेता स्वार्थ भन्दा टाढा छैनन् । सत्ता यिनको मुल उद्देश्य हो । कार्यकर्ता त चुनावका खेताला मात्र हुन् । मन्त्री भएपछि कस्तो स्वकीय सचिव राख्ने कानुनी प्रावधान के छ, नेताले हेर्दैनन् । छोरा–छोरी, साला–साली, भान्जा–भाञ्जी, नेताका रोजाईमा छन् । माओवादीका कुनै नेतालेमन्त्री बन्दा जनयुद्धका लडाकू र पिएसओ लडाकू राखेनन् । आश माओवादीको थियो । तर अध्यक्ष आफैं परिवारवादी भए । उनी पारिवारिक घेराभन्दा पर जान सकेनन् । जनताको झुपडीको पीडा यिनले बुझेनन् भने आफैं राजा बनेका एमालेका अध्यक्ष केपी ओली र उनको लम्पटहरूले जनताको सेवा कसरी गर्लान् ? यस्ता प्रश्न धेरै छन् । काँग्रेसका शेरबहादुरबाट आशै छैन । रामचन्द्र पौडेलबाट त्यो आशा थिएन । माओवादी अध्यक्ष प्रचण्डले दिलाएको पद रामचन्द्र सिरानी हाल्दै रिस्तीको बगरतिर बहकिन पर्दैन । आफ्नो भएर पनि राज्य लुट्न पछि नपर्ने काँग्रेसका डा. रामवरण यादवले देखाएको लुटको बाटो रामचन्द्रले पनि उपचार खर्च लिएर शुरु गरे । उनी त्यो पदमा नपुग्दासम्म स्वास्थ्यको खराबी पचाए । राष्ट्रपति भएपछि राजखान्दानमा सेनाले पु¥यायो । नेपालको सेना लोकतन्त्रवादी छैन । जनतालाई सडकमा तड्पाएर रामचन्द्र, विद्या भण्डारी, डा. रामवरण यादवलाई कुदाएको सेना फौजीमा सबैभन्दा निरंकुश र क्रूर हो । यसले जनयुद्धको नाममा जनताका छोराछोरी, बुहारी, चेलीमाथि जसरी हिंंस्रक भयो शान्तिवार्ता हुँदैनथ्यो भने गाउँ गाउँबाट सेना विरुद्ध जनता उत्रन्थ्यो । प्रहरी असफल हुनुको कारण उसको शुरुको हिंस्रक व्यवहार हो । त्यो बेलाका आईजीपी अच्युतकृष्ण खरेल प्रहरी थिएनन् । उनी काँग्रेसका दानव चरित्रका स्व. खुमबहादुर खड्का, गोविन्दराज जोशीहरूका हितैषी थिए । जोशीले नीतिगत रुपमा राजनीतिक अहंकार प्रदर्शन गरे । स्व. खुमबहादुर खड्का आफैंले गोली चलाएर आफ्नो अस्तित्व चम्काउने पात्र हुन् । पाप लाग्छ जनताको । आखिर खड्काका निम्ति काँग्रेस पनि काँधे नभएको घटना त ०६४ सालको चुनावको शान्ति सुरक्षाको खलबल हो ।
चुनावको उम्मेदवार छ जोशी र खड्काको सुरक्षा तिनले चलाएको हिजोको प्रहरीले दिएन । आजको प्रहरी पनि उस्तै उस्तै छ । लोकतन्त्रले जनतालाई दिएको पीडा कालो बजार, महंगी, भ्रष्टाचार, कमिशन, विचौलियाप्रथा दिएको छ । त्यसको नियन्त्रण प्रचण्ड, केपी, शेरबहादुरले गरेनन् । अब पन यिनले गर्दैनन् । दोस्रो तहका नेता सबैका उस्तै छन् । आर्यघाट नपुगेसम्म पद नछाड्ने नेताले देशको समृद्धि कस्तो गरे त्यो त केपी ओलीको चौथो कार्यकालको ४ महिनाले देखायो । फुर्ति लगाउने ठाउँ छैन । अर्थतन्त्र ध्वस्त छ । प्रधानमन्त्री र उनको भजन मण्डलीले कुम्लाएको छ । जनतालाई महंगी, अभावको भकारी थापेर जनताको बहुदलीय जनवाद जगाइँदैछ ।