Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तै कारण निम्तिन्छ दुर्घटना

कास्की । मंसिर १४ गतेको उपनिर्वाचनले कास्की क्षेत्र नं. २ लाई छोएको छ । तर यस पटक नेकपाको सरकारप्रति उब्जेको जनआक्रोश र पार्टीका ठूला ठालु नेताको एकल स्वार्थका लागि जागेको पद मोहका कारण जनमत आफ्नो पक्षमा भएर पनि नेकपाले सांसद पद गुमाउने शंका बढ्दो छ । प्रधानमन्त्री केपी ओली जनस्तरमा आक्रोशको केन्द्र बन्दै छन् किनकि इतिहासमा ओली सरकार जस्तो बदनाम र भ्रष्टाचारी यसअघिका सरकार कहिल्यै बनेका थिएनन् । यहाँ एमाले करणका कारण नेकपाको पदीय भागवण्डा मात्र होइन, सरकारी फाइदाका काम भएका छन् । एमालेको ओली गुटको अपराधमा सिंगो पार्टी चुर्लुम्म डुबेको छ ।

मुलुकमा ४३ अर्ब राजश्व गुमाउने एनसेल कर प्रकरणसँग पनि नेकपा जोडिएको छ । केपी ओलीले यस्तो गम्भीर विषयमा ध्यान दिएकै छैनन् । सरकारले जनतालाई लोकप्रिय योजना दिएको छैन । जनतासँग खोजेको मात्र छ । त्यसमा पनि ठूला नेता, ठूला दलको मात्र हरेक स्वार्थ जोडिँदा कास्कीमा बर्दियाका वामदेवलाई टुरिष्ट उम्मेदवार बनाएर किन ल्याइयो ? यो प्रश्न उठ्दै छ । गौतमले बर्दियाको चुनावमा स्थानीय भन्दा केन्द्रबाट लगेका बलराम बास्कोटा, डिबी कार्कीप्रति विश्वास गरे । डिबी कार्की अहिले भ्रष्टाचार मुद्दामा जेलमा गइसकेका छन् । कृषिमन्त्री बन्दा असार १५ काण्ड लागेर मन्त्री पद गुमाएका हरि पराजुली, वामदेवकै उम्दा हुन् । यी केशनै वामदेवका परिचय हुन् । वामदेव ५ वर्ष संसद बाहिर बस्न नहुने किन भए ? कतै यिनलाई प्रधानमन्त्री बनाउन केपी ओलीको भित्री योजना त होइन ? किनकि एमाले–माओवादी एकताका बेलामा दुवै अध्यक्षले गरेको गोप्य सहमतिमा प्रधानमन्त्री पद आलोपालो भन्ने थियो । २०७४ वैशाख २ गतेको सम्झौता पात्रमा त्यो विषय थियो । त्यसो त अघिल्लो कार्यकालमा माओवादीसँग सहमति गरेर तोडेकाले केपी ओलीको बेइमानी हर्कत देखिँदो छ । यस पटक पार्टी एकता पूर्व गरेका लिखित सहमति तोड्न ओलीलाई लाज हुँदैन । उनले प्रम पद त्याग्न चाहेकै छैनन्, त्याग्नु परे एमालेबाट फुत्कन नदिने गरी यो खेल खेलका हुन् । कास्कीको उप चुनावमा यस्ता विषय नेकपाका विरुद्ध काँग्रेसले उठाउने छ ।

काँग्रेसका त्यहाँ देवराज चालिसे ओजनदार उम्मेदवार हुन् । स्व. रविन्द्र अधिकारीको क्षेत्र एमालेको पकेट एरिया हो । त्यसमाथि माओवादीको संगठन पनि कमजोर छैन । नेकपाले ह्याकुल्लाले मिचेर चुनावमा विपक्षीका अगाडि होइन्छ भन्ने अब नसोचे हुन्छ । सेती नदीमा धेरै पानी बगिसक्यो । जहाँ अब रविन्द्रले स्थापित गरेको जनताको ममता, प्रेम, सम्बन्ध नेकपासँग छैन, भ्रष्ट सरकार, भ्रष्ट नेता, भ्रष्ट स्वभाव भएको अवस्था आफैं विवादित वामदेवहरूलाई काँध थाप्न कास्कीले सक्छ भन्न सकिँदैन । वामदेवमा के छ त्यस्तो गुण बर्दियामा पछारिएर कास्कीले बिर्सन नहुने ? जसले आफू बाहेक अरुलाई देख्दैन । पद पाएको भोलिपल्टबाट तस्करी गर्न थाल्छ भन्ने आरोप एमालेले नै हिजो लगाएको थियो । कहिले डोल्पा, कहिले काठमाडौं सातमा उप चु्नाव गराएर वामदेवलाई सांसद बनाउने हल्ला चल्दा सम्बन्धित निर्वाचन क्षेत्रका कार्यकर्ताले रुचाएनन् । सरकारका कारण कास्कीमा वामदेवलाई रुचाउनु पर्ने कारण छैन । स्व. रविन्द्र पत्नी विद्या भट्टराई पनि नेकपाको नाउमा सत्ता विचलन पद भ्रष्टता राजनीति फोहरमा नफसे हुन्छ । उनको रोजीरोटी त्रिभुवन विश्वविद्यालयले चलाएकै छ । पेन्सन भएको भए सोचे हुन्थ्यो । वामदेव विवादित नेता हुन् ।

उनको विगतले त्यही भन्छ । राष्ट्रवादी गाना गाउन उनले छाडेको धेरै भयो । उनको किसान संघले कति उखु किसानको पैसा दिलायो ? किसानले मल, बिऊ नपाउँदा किसान महासंघ कहाँ असार १५ मनाउन गएको थियो ? यस्ता कुरा त विपक्षीका चुनावी मुद्दा बन्लान् । वामदेव हारण्े भने सरकार हार्छ, केपी ओलीको तिकडम पछारिन्छ, नेकपा पराजित हुन्छ, किसान महासंघ नांगिन्छ, प्रस्तावित उपाध्यक्ष पदको शिर ढल्छ । त्यो सत्य वामदेवका लागि शिक्षा बनोस् । बरु कास्कीबाट त्यहीका पार्टी नेतृत्व अगाडि सारे हुन्छ । जनताले अहिलेको यो भष्मासुर लुटाहा, देशघाती र फटाहा नेतृत्वलाई कदापी भोट दिँदैनन् । यो माहोलमा नेकपालाई नै जनताले मत दिनु पर्ने कारण के छ ? के ग¥यो ओली सरकारले नीतिगत भ्रष्टाचार, गुटबन्दी, कालो बजार, राष्ट्रिय गौरवका आयोजना बन्न नदिने, राजधानीका जनताको सपनामाथि प्रहार गर्ने बाहेक ? जनतालाई जोगी बनाउने अनावश्यक कर लगाएर भ्रष्टाचार गरेर जोडेको सम्पत्ति विदेशमा राख्ने धन्दा चलेकै छ ।

एमालेको ओली गुट हो हिजैबाट विद्या भण्डारीलाई चुलीमा पु¥याउने, माया ज्ञवालीलाई वास्ता नगर्ने । आखिर दास ढुंगा प्रकरणमा दुवैले जीवन साथी गुमाएका हुन् । यिनै ओलीले विद्यालाई सांसद, २ पटक मन्त्री २ पटक राष्ट्रपति बनाए तर मायाको लागि चासोसम्म दिएनन् । यो भेदभावको सर्वत्र विरोध भयो । अहिले भने मायालाई घर पार्टीले दियो समानुपातिक सांसद पनि बनाएको छ ।

नेकपाको नेतृत्व वर्गीय धरातल च्यूत छ भन्ने कुरा खगराज अधिकारी कास्कीको उप चुनाव कमाण्डर बने बापत मन्त्री पदका हकदार बनाइँदैछन् भन्ने प्रमाण हो । नेकपाभित्र नेताको स्वार्थ नेताकै सुख सयल, आनन्दबाहेक सोच्ने स्थिति गुम्दैछ भन्ने प्रमाण हो यो । पार्टीका निम्ति लड्ने नेताले पार्टीकै लागि ५ वर्ष समय दिन नसकेर वामदेवलाई सांसद नै चाहियो । चुनाव जितेपछि उपप्रधानमन्त्री नै चाहियो भन्ने हुन् । अहिले नै उपाध्यक्ष, संगठन विभाग प्रमुख, किसान महासंघको अध्यक्ष पद हुँदा उनलाई पुगेन । कास्कीका सोमनाथ प्यासी पार्टीको निर्वाचन आयोग अध्यक्ष छन् । रश्मी आचार्य पोखरामै हल्लिएका छन् । तर उपचुनावमा टुरिष्ट वामदेव लगिँदैछ । के छ उनको त्यस्तो पावर संसदीय मोर्चामा ।तर नेता गौतमले आफू पोखराबाट उम्मेदवार नहुने स्पष्ट पारिसकेका छन् ।