Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो तालले चल्छ त रेल ?

काठमाडाैं । विषयगत विज्ञ, कार्यक्षमतामा अब्बल र योग्य ब्यक्तिको छनौट भन्दा पार्टी नेताहरूलाई पाडे गाली गर्न सिपालुहरूलाई छानेर प्रधानमन्त्री केपि ओलीले गरेका राजनीतिक नियुक्तिमध्ये रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई निकै चर्चामा छन् । रेलको लिग तयार भयो, बिभागकै पहलमा २ वटा रेल पनि भिœयाइयो । तर रेल्वे कम्पनीको व्यवस्थापकीय असक्षमताका कारण रेल चलाउने प्राविधिकहरूको व्यवस्थापन नहुँदा घुम्टो ओडेर बसेको रेलको इन्ञिनमा खिया लागेको छ । महाप्रवन्धक गुरु भटराई भने प्रम ओलीको क्षमता र अराजकतालाई पौरख ठान्दै ओलीको कदमलाई जोड दिएका छन् । राजनीतिक विवादको सुरु जसले ग¥यो उसले समाधानको जिम्मा लिनुपर्छ । माधव नेपाल र केपी ओलीको प्रतिष्ठाको लडाइँमा प्रचण्ड पेलिएका छन् । यद्यपी प्रम ओलीलाई कामभन्दा भाषण गर्न सहज बनाउने प्रचण्ड हुन् । ओलीको सम्बृद्धि र विकासको सूचिमा परेको पानीजाहाज अहिलेसम्म वेपत्तै छ । भारतको कुर्थादेखि नेपालको बर्दिवाससम्म बनेको रेलको लीग प्रयोग गरी रेल चलाउने क्षमता रेल्वे कम्पनीमा देखिँदैन ।
रेल्वे कम्पनी प्राविधिक सेवाको टिमबाट चल्नुपर्छ । तर प्रम ओलीका प्यारा गुरु भटराई प्रचण्ड र माधवविरुद्ध आमाचकारी गर्दै प्रम ओलीलाई प्रभू ठान्छन् । उनको काम ओलीको स्तुती गाउने हो । आफ्नो स्तुती गाउनेप्रति प्रम ओलीको नरम पन देखिन्छ । काम गर्न पर्दैन, झुट्टो सुचनाले ओलीको वेइज्जत भएको छ । पानी जाहाज चलाउने, घर घरमा ग्यासको पाइपलाइन पु¥याउने, हावाबाट विजुली उत्पादन गरी लोड सेडिङ्ग घटाउने प्रमका भाषण सबै झुट भएका छन् । रेल्वे कम्पनीको असक्षमताको शिकार घुम्टो ओढाएर राखिएका दुई रेल भएका छन् ।
कम्पनीले आवश्यक जनशक्ति समेत व्यवस्था गर्न सकेको छैन । अन्र्तदेशीय यातायात सम्बन्धको कुरा परै जाओस् । कम्पनीलाई कानूनको समेत खाँचो छ । महाप्रवन्धक भटाराइको ध्यान त्यतातिर छैन । तर प्रधानमन्त्रीलाई उचाल्ने र पार्टी फुटाउन सघाउने काममा उनी लागिरहेका छन् । ओलीले विश्वास गरेर महाप्रवन्धक बनाएपछि रेल चलाउने ओलीको सपना पूरा गर्न लाग्ने कि फेसबुके पाँडे गालीमा जुटने हो ? जनताले चुनावमा नपत्याए पनि प्रमले पत्याएर महाप्रबन्धक पद दिलाएका गरुलाई छोएको छैन । रेल विभागले लीग तयार ग¥यो समयमा रेल नचल्दा लीग भत्कने, फलाम चोरिने अपराध बढेको छ । शसस्त्रले सुरक्षा जिम्मा पाए पनि राज्यले आवश्यक जनशक्ति नथप्दा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । रेल चलाउन जान्ने २६ प्राविधिक भारतसँग कम्पनीले ल्याउने भनेको महिनौ भयो, तर ल्याइएको छैन । मन्त्रीपरिषदको स्वीकृत बिना त्यो सम्भव पनि छैन ।
कानुनकैे व्यवस्था नहुँदै रेल किन्ने र कमिशन खाने हतारो भयो, रेल पनि किनियो । तर अहिले नत रेल चल्यो, नत कर्मचारीको खाचो पूरा भयो, नत नेपाल–भारत रेल चल्ने सहमति भयो । किनकी रेलका २ इन्जिन घुम्टो ओेढाएर सुरक्षाका कारण भारतमै राखिएको छ । संसद विघटन भएकाले अध्यादेश बिना रेल विधेयकले काम गर्न सक्दैन । नेकपाको लडाईं चर्किएको बेला राष्ट्रियसभाले अध्यादेश पारीत गर्न सक्छ कि सक्दैन ? यस्ता सम्बेधनशील विषयमा बेपत्ता महाप्रबन्धक भटराई फेसबुके स्तुतिमा गाउनमा भने निकै चम्केका छन् । जबकी कम्पनीमा ६० अस्थायी १२ स्थायी कर्मचारी छन् । प्रसासनभन्दा प्राविधिक जनशक्ति रेलका लागि जरुरी छ । सबैलाई थाहा छ भट्टराइ जनताले चुनावमा नपत्याएका भए पनि प्रधानमन्त्री केपी ओलीका विस्वास प्राप्त कार्यकर्ता हुन् । त्यहाँ महाप्रवन्धक पदमा भट्टाराई भन्दा अरु प्राविधिक इन्जिनीयरलाई लगेको भए कम्पनी कै कामले गति लिन सक्थ्यो ।