Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यादवसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ ।
आफूहरुसँग कुनै छलफल नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै सो पार्टी रुष्ट बनेको छ । समाजवादी पार्टीका एक नेताले आफ्नो पार्टीसँग कुनै छलफल नगरी ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै आपत्ति जनाए ।
ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा रहेका उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । उनको उपप्रधानमन्त्रीको जिम्मेवारी भने यथावत छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र यादवलाई हटाइएको छ । समाजपादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेका छन् । उनी दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने बारे निर्णय लिइने बताइएको छ।
ओलीले बुधबार साँझ ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ जनाको नयाँ नियुक्ति गर्दै त्यतिनै संख्याका मन्त्री तथा राज्यमन्त्रीको बिदाइ गरेका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल