Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी २८ जिल्लामा आज रास्वपाको अधिवेशन हुँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशका २८ जिल्लामा पहिलो चरणको जिल्ला अधिवेशन सम्पन्न गर्दैछ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेसका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका पाँच, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुनेछन्।

आज अधिवेशन हुने जिल्लामा उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन्।

आयोगका प्रमुख केसीका अनुसार प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरी निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गरिनेछ।

यसअघि रास्वपाले शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। तीमध्ये केही जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकीमा प्रक्रिया अघि बढिरहेको छ।

शनिबार झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली लगायत जिल्लामा अधिवेशन सम्पन्न भएको थियो।

त्यस्तै स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ।

पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनलाई महत्वपूर्ण चरणका रूपमा लिइएको आयोगले जनाएको छ।

विशेष साङ्गठनिक परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने यही जेठ २६ गते हुने बताइएको छ।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।


सम्बन्धित समाचार

गृहमा सुधनको पुनरागमनको चर्चा

२०८३ जेष्ठ २४

ताजा नेपाल

इन्डियामा साङ्लाहरूको तहल्का

२०८३ जेष्ठ २४

ताजा नेपाल