Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेनका सेनालाई आत्मसमर्पण गर्न पुटिनको आग्रह

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन कब्जा गर्ने योजना नभएको दाबी गरेका छन् ।
युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका पुटिनले युक्रेन कब्जा गर्ने योजना भने नभएको बताएका हुन् ।
आज बिहान टेलिभिजन सम्बोधन गर्दै उनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । साथै उनले युक्रेनका जनताले आफ्नो देश कसले चलाउने भन्ने कुरा आफैं चुन्न सक्ने बताएका हुन्
न्याय र सत्य रुससँग रहेको दाबी गर्दै पुटिनले पूर्वी युक्रेनमा तैनाथ सैनिकहरूलाई भनेका छन् हतियारहरु फ्याँक र आफ्नो घर फर्क ।
उनले चेतावनीको शैलीमा भनेका छन् यदि कसैले रुसलाई कारबाही गर्छ भने मस्कोले प्रतिक्रिया दिन ढिलाइ गर्नेछैन । उनले यो कारबाही आत्मरक्षाका लागि हुने पनि बताए ।


सम्बन्धित समाचार