Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
युक्रेनसँगको युद्धमा रूसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभ मारिएका छन्। बिहीबार कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँका क्रममा उनी मारिएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ।
पूर्वी प्राइमोर्स्की क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोले गुदकोभको मृत्युको पुष्टि गरेका छन्। उहाँले आफ्नो कर्तव्य पालनाको क्रममा अन्य सैन्यकर्मीहरूसँगै वीरगति प्राप्त गर्नुभयो, गभर्नर ओलेगको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।
रूसी रक्षा मन्त्रालयले पनि गुदकोभको मृत्यु पुष्टि गरेको छ। तर घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। युक्रेनी पक्षले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
गुदकोभलाई यस वर्ष मार्चमा राष्ट्रपति भ्लादिमिर पुटिनले नौसेनाको तटीय र स्थल सेनाको उपप्रमुखका रूपमा नियुक्त गरेका थिए। यसअघि उनी युक्रेनमा लडेको चर्चित १५५ औं मरीन ब्रिगेडका कमान्डर थिए। नियुक्तिका क्रममा पुटिनले “तपाईंको अनुभव अन्य युनिटमा पनि आवश्यक छ” भन्दै जिम्मेवारी थपिएको बताएका थिए।
गुदकोभको मृत्यु रूसका लागि ठूलो सैन्य क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। तीन वर्षदेखि जारी रूस–युक्रेन युद्धमा यसरी उच्च पदस्थ रूसी सैन्य अधिकारी मारिएको घटना दुर्लभ मानिन्छ।
कुर्स्क क्षेत्र रूसको सीमावर्ती रणनीतिक इलाका हो, जहाँ पछिल्ला महिनादेखि युक्रेनी र रूसी सेनाबीच भीषण लडाइँ चलिरहेको छ। सन् २०२४ को मध्यतिर युक्रेनी सेनाले कुर्स्क क्षेत्रभित्र प्रवेश गरी थुप्रै गाउँहरूमा अस्थायी कब्जा जमाएको थियो।
तत्कालीन आक्रमणहरू योजनाबद्ध र तीव्र भएकाले रूसी सुरक्षा व्यवस्था अस्थिर बनेको थियो। सुद्जा, ट्योत्किनोजस्ता सीमावर्ती क्षेत्रमा युक्रेनी फौज केही समय टिक्न सफल भए पनि रूसी सेनाले पछि ती अधिकांश स्थानहरू पुनः नियन्त्रणमा लिएको थियो।
राष्ट्रपति पुटिनले गत मे २० मा कुर्स्क क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल