Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युनिफिकेशन चर्चको घेरामा पशुपतिनाथ

काठमाडौं । पश्चिमी मिशनरीहरु सिधा बाटो प्रहार हुने देखेपछि घुमाउरो रुपमा आउने गर्दछन् । पशुपतिनाथमा युनिफिकेशन चर्च र दक्षिण कोरियन हतियार माफिया सन म्योङ मुनको मिशन बाह्य रुपमा एकनाथ ढकाल र सुरेशराज शर्माहरु देखिए पनि भित्री रुपमा राधेराधे, साइबाबा, हरेराम हरेकृष्ण, स्कोन, कृष्ण प्रणामी, ओम शान्तिमार्फत् प्रवेश गरेको छ । एउटै मानिस एक दिन चर्चमा गएर बाइबलको प्रबचन दिन्छ भने अर्को दिन राधेराधेमा प्रवचन दिन्छ ।

२०४५ सालमा दरबारभित्र घुसपैठ गरेको युनिफिकेशन चर्चको गिरोहले डा. गोविन्द टण्डनलाई सदस्यसचिव बनायो । सिधा चर्चको कनेक्सन जनताले थाहा पाए भने विरोध हुने भएपछि राधेराधेमार्फत् प्रवेश गरेका छन् । जनसाधारणलाई झट्ट हेर्दा राधेराधे, कृष्ण प्रणामी, हरेराम हरेकृष्ण, साइबाबा, ओम शान्ति, कृष्ण प्रणामी हिन्दू हुन् भन्ने लाग्दछ । त्यसकारण उनीहरुलाई साधारण हिन्दू धर्मावलम्बीहरुले सहज रुपमा लिने गरेका छन् । तर उनीहरुको भित्री मिशन धेरैलाई जानकारी छैन । जसरी माओवादीमा साधारण जनता क्रान्ति भनेर फसेका थिए पछि मात्रै चर्च मिशन भन्ने थाहा पाए ।

त्यसैगरी राधेराधे, कृष्णप्रणामी, साइबाबा, हरेराम हरेकृष्ण, ओम शान्तिमा युनिफिकेशन चर्चमार्फत् क्रियाशील रहेको धेरैलाई जानकारी नहुन सक्छ । यसकारण सर्वसाधारण हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु रनभुल्लमा परेका छन् । सिंहनाथ योगीको अन्तर्वार्ता रोक्ने एभिन्युजमा कृष्ण प्रणामीको लगानी छ भने माउन्टेनमा राधेराधे, एपी वानमा एमसीसीको विज्ञापन जनदवावका कारण भर्खर रोकिएको छ । कान्तिपुरमा क्रिश्चियन लगानीको राजेश हमालको जातको प्रश्न र काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको ऐना कार्यक्रम त्यसै सञ्चालन गरिएको होइन । यस प्रकारका सञ्चार मिडियाले सम्प्रेषण गर्ने समाचार र अन्तर्वार्ता पनि त्यही मिशनमै हुन्छन् ।

पशुपतिनाथको सदस्यसचिवमा युनिफिकेशन चर्चसँग जोडिएका नक्कली पिएचडी धारी मिलनकुमार थापालाई मोटो रकम लिएर शेरबहादुर देउवाको गठबन्धन सरकारले नियुक्त गरेपछि दरबारीया मण्डले र सेनासँग आवद्ध हिन्दू धर्म बदनाम गर्न गठित विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति नामक संस्थाको नामबाट समर्थन गरिएको छ । जबकि मिलनकुमार थापा केपी ओलीले पशुपतिनाथमा चढाएको सुनको जलहरीमा ११ केजी हिनामिना गरेकोमा अख्तियारमा मुद्दा समेत परेको छ । अस्मिता भण्डारी नामक व्यक्तिको नामबाट जारी वक्तव्यलाई संस्थाको समर्थन भन्नु लज्जास्पद र हास्यास्पद कुरा हो ।

हिन्दूको नाममा हिन्दू बदनाम गर्न गठित यो संस्था चर्च मण्डलीका अध्यक्ष केपी रोकायामार्फत् युरोपियन चर्चसँग पनि जोडिएको छ । उनीहरुको कार्यक्रममा प्रायजसो केबी रोकाया अतिथि बन्ने गरेका छन् । पशुपतिको मृगस्थलीमा अहिले राधेराधे प्रवेश गरेको छ । काँग्रेसी आरएसएस र युनिफिकेशन चर्चको मिशनमा गोरखनाथ मठमा योगी नरहरिनाथको ब्यानर राखेर रोधराधेको प्रवेश स्वयं गोरखनाथ धाराको मूल्य मान्यता विपरित रहेको छ । स्मरण रहोस् पञ्चायतकालमा राजा वीरेन्द्र साइबाबालाई भेट्न गएपछि योगी नरहरिनाथले राजाले आफ्नो छाता आफैं ओढ्नु पर्दछ, अन्यथा सर्वनाश हुनेछ भनेर कडा टिप्पणी गर्नुभएको थियो । उहाँको अन्तर्वार्ता हरिहर विरहीले विमर्शमा छापेबापत उनी जेल समेत चलान भएका थिए । गोरखनाथ धाराविपरित काँग्रेसी आरएसएहरुले मृगस्थलीमा वितण्डा मच्चाइरहेको छ । यिनीहरुको सर्वनाशलाई कसैले रोक्न सक्ने छैन । सबैलाई चेतना भया ।