Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ। जोन्सन एन्ड जोन्सनको ७ लाख १९ हजार ६५० डोज खोप आज नेपाल आउने भएको छ। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप आउन लागेको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज ७ लाख १९ हजार ६५० डोज खोप आज आउने र बाँकी १४ लाख ५७ हजार डोज खोप पछि आउने जानकारी दिए। खोप युनिसेफ मार्फत आउन लागेको हो। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल