Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यो भ्रष्टाचार खोतल्छ कसले ?

भनिन्छ नयाँ जोगीले धेरै खरानी घस्छ । यस पटकको सरकारमा नयाँ जोगीहरू धेरै छन् । त्यहाँ भ्रष्टाचार गर्नु र आमाको रगत खानु बराबर भन्ने राजेन्द्र लिङदेन र नागरिकता विवादका टोकरी पूर्व गृहमन्त्री रवि लामिछानेको भनाई र गराई नै काफी छन् । ५ करोड असुलेर सुम्पेर भ्रष्टाचार काण्डका नायक क वर्गका ठेकेदार विक्रम पाण्डेलाई तालुकदार मन्त्रालय सुम्पने काम भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मित्रघात पनि गरेका छन् । कमल थापाको लुटाहा प्रवृत्ति विरुद्ध महामन्त्रीको तहबाट राजेन्द्रलाई सघाएर आफू विस्थापित भएका धवल समशेर राणालाई यस पटक धोका भयो । उनले विदेशमा पसिना बगाउने युवाहरूसँग पैसा उठाएर कुम्ल्याउने तर काठमाडौंका शहरमा भ्रष्टाचार विरुद्धको अभियानकर्ता भएको नाटक रच्ने ज्ञानेन्द्र शाहीलाई सरकारी सेवा सुविधाको पद पार्टी संसदीय दलको प्रमुख सचेतक बनाउँदा समेत धवल समशेर जबरामाथि अपराध गरेका छन् । जुन अपराध राप्रपाका कुवंशी कमल थापाको भन्दा कम छैन । राजेन्द्र र धवलको मोर्चाले कमल थापाको पत्तासाफ भएको हो । राजनीतिमा सम्भावना धेरै हुन्छन् । राजेन्द्र लिङदेनको त्यो चुरीफुरी ज्ञोनन्द्र शाही जस्ता ठग, विक्रम पाण्डे जस्ता भ्रष्टले धेरै धान्दैनन् । किनकि राप्रपाको लिगेसी बोकेका पशुपतिसमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र पूर्व प्रम लोकेन्द्रबहादुर चन्दले धवल समशेर जसरी बुझ्दछन् झापाको राईले नबुझेर आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेको मान्नुपर्ने हुन्छ । यो सरकारले शान्ति र समृद्धिको कुरा जति चर्को गर्छ त्यो रूपमा भ्रष्टाचारले कुहिएको विक्रम पाण्डे, राजेन्द्र लिङदेन, शिशिर खनाल, डिपी अर्यालहरूको चुरीफुरिबाट देखियो । गृहमन्त्रालय लिएको चरित्र नै नागरिकता विवादमा छ भने स्वच्छता र सदाचारीताको खोजी गरेर कहाँ पाइन्छ ? ललिता निवास काण्डको लुटका सहयात्री विष्णु पौडेलले आफू चोखो भएको गफ देलान् । तर तत्कालिन प्रम माधव नेपाललाई निर्णय गर्न लगाउने उनै हुन् । काँग्रेसका विजय गच्छदार र तत्कालिन सचिव दिप बस्न्यात पैसा कुम्ल्याउने पात्र हुन् । मेलम्चीको लुट काठमाडौंमा पानी आयो थन्क्यिो । ठूला नेताले नै महंगा गाडी चढेका छन् । गोकर्ण रिसोर्ट, सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा भाडा काण्ड, बालमन्दिरको जमिन अतिक्रमण, पशुपतिको सुनको जलप, कोरोना कालको खरिद काण्ड जस्ता राज्य श्रोत दोहनका कुरा छन् । ५ करोड लिएर सिक्टा सिञ्चाईमा २ अर्ब ६४ करोड भन्दा बढी भ्रष्टाचार गर्ने ठेकेदारलाई शहरी विकासमन्त्री दिलाउने आमाको रगत खाएका र गाउलेको अगाडि चोर सावित भएका राप्रपाका अध्यक्षलाई लाज भएन । उनले सम्हालेको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले राम्रो काम गर्छ, विद्युत चुहावट रोक्छ, लोडसेडिङ हटाउँछ, कृषियोग्य भूमिमा सिञ्चाईका योजना पुग्छन् भन्ने सोच्नु अब कल्पना मात्र हुनेछ ।