Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

योभन्दा राम्रो संविधान बन्नै सक्दैन

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान गतिशील दस्ताबेज भएकाले कसैको लहड वा रहरको भरमा संशोधन गर्न नसकिने बताएका छन् । संविधान दिवसको अवसरमा विहीबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले आयोजना गरेको कार्यक्रममा उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने तर्क गरेका हुन्।
संविधानबाट चुनौती रहेको बताए ।
संविधानका चुनौतीलाई चिर्दै संविधानको गतिशीलता प्रदान गरेर मुलुकलाई समृद्धि बनाउनुपर्ने उनको भनाइ रहेको थियो । उनले संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली पनि खर्चिलो भएकाले संशोधनको आवश्यकता रहेको बताए । उनले सरकारले संविधान संशोधन गर्न नचाहेको भनेर भ्रम छर्न खोजिरहेको बताए ।
संविधान कार्यान्वयन उपलब्धि र आगामी मार्गचित्र, विषयक अन्तर्क्रिया कार्यक्रममा उनले संविधानका कार्यान्वयनका केही चुनौती रहेकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताए। उनले विधानमा उल्लेख गरिएका केही कुरा कार्यान्वयन गराउन चुनौती रहेकाले त्यस्ता चुनौतीको बारेमा ध्यान जान जरुरी रहेको धारणा राखे ।
मौलिक हक रहेको स्वास्थ्य र शिक्षामा सबैको सहज पहुँच पु¥याउन समस्या रहेको छ । गरीबी निवारणका बारेमा अहिलेकै प्रणालीबाट ठोस र परिमाण दिन सक्न पनि चुनौती रहेको छ, उनले भने, चुनौतीलाई समाधान गर्न संविधान संशोधन आवश्यक रहेको छ ।
उनले अहिलेको न्यायप्रणालीबाट आम नागरिकले न्याय प्राप्त गरेको अनुभव पाउनुपर्ने भए तापनि त्यसो हुन नसकेको बताए । उनले १५ औँ योजनाले तय गरेका लक्ष्य पूरा गर्न पनि अहिलेको
सरकारले संविधान संशोधन गर्न नचाहेको खोजिरहेको भनेर केही समूहले भन्ने गरेका छन् । यो सत्य होइन, उनले भने, संविधानमा नै संशोधनको व्यवस्था गरिएकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ ।
रक्षामन्त्री पोखरेलले संविधान हतारमा नभई विधि प्रक्रियाबाट जारी गरिएको जानकारी गराए । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयन अझै परिपक्व चरणमा नपुगेको बताए ।
कतिपय विषयवस्तु कार्यान्वयन गर्दै जानुपर्ने भएकाले अझै संविधान कार्यान्वयन अझै परिपक्व भइरहेको छैन, उनले भने, विस्तारै कार्यान्वयन गर्दै संविधान परिपक्व हुन्छ ।
उनले संविधान ढाल्नेको निम्ति केहीले बोक्रा ताछ्ने काम गरिरहेकाले त्यो स्वीकार्य नहुने भन्दै गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रक्रियालाई समाप्त पार्नेजस्ता विरोधका कार्य क्रमशः घट्दै गइरहेको बताए । उनले एकातिर पदमा बस्ने र अर्कोतिर संविधान मान्दैन भन्ने नपाउनेसमेत बताए ।
नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले पहिलोपटक सार्वभौमसत्ता नेपाली जनतामा राखिएको अहिलेको संविधान सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । योभन्दा राम्रो सविधान अरु हुन सक्दैन, उनले भने, यही संविधानबाट मुलुकलाई समृद्धि बनाउनु पर्दछ ।


सम्बन्धित समाचार