Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष जेल सजायँ

लण्डन । साथीको छोरीलाई यौन दुर्व्यवहारको गरेको आरोपमा बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ । राईले आफ्नो साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि उनले साथमा ल्याएका थिए । सो क्रममा उनले ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगेको थियो । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् । घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् ।