Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली रङ्ग कर्मको आ–आफ्नै विधा र विशेषताहरु रहेका छन् । रंगकर्ममा आफुलाई समर्पित गर्नेहरुले पनि तिनै विधा र विशेषतामा आफुलाई समाहित गर्दै लगेको पाइन्छ । नेपाली मौलिक कला, संस्कृति, साहित्य विकास र पुर्वाधारसँग पनि प्रत्यक्ष जोडिएका कैयन विषय वस्तुले नेपालको परिचय झल्काइरहेको वर्तमान सन्दर्भमा यसै कर्मको प्राविधिक पक्षसँग जोडिएको नाम हो – गोपाल प्रसाद शर्मा पौडेल ।
नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. १३ भुमही स्थायी घर भएका पौडेलले विगत देखि वर्तमानसम्म नेपाली म्युजिक भिडियो, टेलिविज्ञापन, टेलि वृत्तचित्र र टेलि सिरियल लगायत थुप्रै अन्य यससँग सम्बन्धित कार्यमा प्रोडक्सन् डिजाइनरको रुपमा आफुलाई परिचित गराउँदै आइरहनु भएको छ । कार्यका हिसाबले आफुलाई सामान्य ठान्नुहुने गोपाल प्रसाद शर्मा पौडेलले प्रोडक्सन डिजाइनरहरुको भिडमा आफुलाई छुटैरुपमा स्थापित गर्नुको कारण उहाँको कामप्रतिको लगन, निस्वार्थ भावना र कामबाट आउने उच्च व्यवसायिक प्रतिफलको अपेक्षा नै हो ।
विभिन्न विषय र क्षेत्रसँग आवद्ध रहि प्रोडक्सन डिजाइनरको कार्यलाई कुशलतापुर्वक निर्वाह गरिरहनु भएका पौडेल आफुलाई प्राप्त जिम्मेवारी निकै चलाखिपूर्ण र सफल ढंगले पनि पूरा गर्नु हुन्छ । आफ्नो कर्म प्रति विश्वास गर्ने र कर्मलाई नै सर्वोपरी ठानेर अगाडि बढ्ने स्वभाव भएका पौडेल लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आईरहेको पुर्वाधार विकास सम्बन्धि एकमात्र टेलिभिजन कार्यक्रम “विकास र बहस” मा पनि प्रोडक्सन डिजाइनरको रुपमा आवद्ध रहि कार्य गर्दै आइरहनु भएको छ ।
नेपाल सरकारको भौतिक पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयहरुमा निहित रहि विकास निर्माणका कुरालाई प्रोत्साहन गरिने कार्यक्रम “विकास र बहस”मा काम गर्दा आफुलाई छुट्टै रमाइलोको अनुभुति हुने उहाँ बताउनुहुन्छ । त्यतिमात्र होइन यस कार्यक्रमबाट आफुले पनि नयाँ कुराहरुको ज्ञान आर्जन गरिरहेको पनि महसुस हुँदोरहेछ उहाँलाई ।
आफ्नो कार्य कौशलतालाई सफलतापुर्वक दर्शक तथा श्रोतासमक्ष पस्किरहनुभएका पौडेलले आफ्ना अनुभवबाट पाठ सिक्दै नयाँ – नयाँ सृजना र सोचका साथ आफ्नो कर्मलाई अगाडि बढाउँदै जाँदा विभिन्न पुरस्कार, सम्मान पत्र र प्रमाण पत्रहरुले सु–शोभित पनि भइसक्नु भएको छ । नेपाली सिनेमा र रङ्गकर्मको सुनौलो इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाइसक्नु भएका पौडेलले आफ्ना समकालिन प्रोडक्सन डिजाइनरहरुको तुलनामा आफुलाई अब्बल दर्जामा स्थापित गराउन सफल हुनुभएको छ ।
यसको ज्वलन्त उदाहरण कार्यक्रम “विकास र बहस”मा उहाँको आवद्धता नै हो । यसरी हेर्दा उहाँको समग्र व्यक्तित्व, उहाँले अङ्गालेको पेसा र कर्म अनि उहाँको लगनशिलता, मिहिनेत र कार्यप्रतिको उच्च सम्मानले उहाँलाई अझ प्रगतिको शिखरमा पु¥याउन थप मद्दत पुग्ने बिश्वास गर्न सकिन्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल