Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रडले टाउको फुटाउने पक्राउ

अर्घाखाँची । सितगंगा नगरपालिका(१ घर्तीसेरा बस्ने २१ वर्षीय यादव शारु मगरलाई रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय ऋषिराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तिजको नाच हेर्ने क्रममा विवाद हुँदा ऋषिराम र सोही ठाउँ बस्ने २८ वर्षीय हुम बहादुर राजकोटीले यादवलाई रडले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले ऋषिरामलाई पक्राउ गरेको हो । कुटपिटमा संलग्न अन्य व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।
घाइते यादवलाई प्राथमिक स्वास्थ्य चौकी ठाडामा सामान्य उपचार पश्चात थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।