Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ ।
उच्च स्रोतका अनुसार अगस्टको दोस्रो साता हुने तय भएको लामिछानेको चीन भ्रमण यसअघि एक महिना पछि सारिएको थियो । तर, सेप्टेम्बरको दोस्रो सातामा पनि उनको भ्रमण नहुने भएको छ ।
स्रोतका अनुसार अब सांसदहरूको टोली मात्र चीन भ्रमणमा जानेछ । भारत भ्रमणपछि सभापति लामिछाने चीन जाने तयारीमा थिए ।
सरकारी स्रोतका अनुसार लामिछानेले अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेछन् । तर, भ्रमणको नयाँ मिति भने हालसम्म तय भएको छैन ।
यसैबीच, रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणका क्रममा उनको उच्चस्तरीय भेटवार्ता हुने बताइएको छ ।
२०८३ भाद्र ७
ताजा नेपाल
२०८३ भाद्र ७
ताजा नेपाल
२०८३ भाद्र ७
ताजा नेपाल