Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछानेलाई म्याद थपकालागि अदालतमा पेस गरियो

खरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

उनीमाथि अनुसन्धानका निम्ति यसअघि दुईपटक म्याद थप भइसकेको छ । पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

सहकारी ठगीमै पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईंलाई पनि अदालतमा उपस्थित गराइएको छ ।


सम्बन्धित समाचार

रवि अझै १० दिन हिरासतमै

२०८१ कार्तिक २०

ताजा नेपाल

प्रधानमन्त्री ओली अस्वस्थ

२०८१ कार्तिक २०

ताजा नेपाल

रविलाई १० दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २०

ताजा नेपाल