Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पूर्व उपप्रधानमन्त्री र गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज ठगीको मुद्दा दर्ता हुने तयारी भइरहेको छ। प्रहरीको अनुसन्धान र तिनका प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले आज ती व्यक्तिहरुविरुद्ध ठगी र संगठित अपराधको आरोपमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाले गरेको ठगीको आरोपमा लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता हुनेछ ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेको कारण मुद्दा दर्ता केही ढिला हुने सम्भावना रहेको छ। चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यांक नमिलेको कारण अनुसन्धान प्रक्रिया पुनः गर्न निर्देशन दिएको थियो, जसका आधारमा फाइल प्रहरीको कार्यालयमा फर्काइएको थियो। प्रहरी कार्यालयले पुनः प्रक्रिया मिलाएर फाइल सरकारी वकिल कार्यालयमा एक साता अगाडि पठाएको थियो।
२०८१ माघ २१
ताजा नेपाल
२०८१ माघ २१
ताजा नेपाल
२०८१ माघ २१
ताजा नेपाल