Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रसुवागढी भन्सारमा १ सयभन्दा बढी गाडी बगेको अनुमान

रसुवागढी भन्सार र टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान छ।
नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अधिकांश गाडी मालवस्तु बोकेका रहेको बताए।
अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको र थप जानकारी पछि मात्रै स्पष्ट हुने जनाएको छ।
२४ असार, काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन्

इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । ‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने ।

यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उनले बताए । ‘अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेको छ, त्यसपछि मात्र स्पष्ट हुनेछ,’ उनले भने ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अहिलेसम्म कति वटा गाडी बाढीले बगाएको र कुन कुन ब्राण्डका छन् भन्ने जानकारी आएको छैन । ‘तथ्यांक संकलनकै क्रममा रहेका छौं, सरकारसँग समन्वय गरिरहेका छौं’ उनले भने ।

 


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल